२२ चैत्र, मोरङ । कानेपोखरी–रंगेली सडक अन्तरगत कानेपोखरी–५ को बाँसबारीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनको मृत्युभएको छ ।
कानेपोखरी –५, थिरप्रसाद टोल निवासी वर्ष ६१ को नरेश काफ्लेको मृत्युभएको हो । उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा साँझ ६ बजे मृत्युभएको प्रहरी चौकी रमाइलोका सई निलमणि पोख्रेलले बताए ।
दक्षिण रंगेलीबाट उत्तर आउने क्रममा मे ६ प ५९४ नम्बरको अपाची मोटरसाईकलले दक्षिण तर्फजादै गरेको साइकल यात्री काफ्लेलाई ठक्कर दिएको थियो । दुवैजना आआफ्नो घर जनोक्रममा शनिबार ४ः१५ बजेको समयमा दुर्घटना भएको थियो । घटना स्थलबाट तत्काल शक्त घाइते काफ्लेलाई विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको थियो भने मोटरसाईकल सवार चालक सहित तीन जनालाई कानेपोखरी–६ को क्लीनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि उर्लाबारी स्थित अरनीको अस्पताल लगिएको प्रहरीले बताएका छन् ।
मोटरसाइकल चालक सुनर्वी नगरपालिका–१ घर भई कानेपोखरी–६ को कामत टोल बस्दै आएको वर्ष २३ का अभिषेक भनिने ओम कुमार कार्की रहेका छन् । उनको दाहीने हातको बीउटी बोन भाचिएको छ ।
त्यस्तै मोटरसाईकलमा सवार कानेपोखरी ७, शुक्रबारे बस्ने उमेश थापाको छोरी वर्ष ९ की युनिसा थापा, चालककी वहिनी वर्ष १८ की कविता कार्की शक्त घाइते भएका छन् । दुवैजनाको हात, खुट्टा र मुखमा चोट लागेको र उनीहरुलाई उर्लाबारी स्थित अरनीको हस्पिटलमा उपचार भईरहेको रमाइलो प्रहरी चौकीका सई पोख्रेलले बताए ।



