शिविरमा अन्तराष्ट्रिय आमन्त्रित फुबटबल च्यालेञ्ज कप हुने

पुस २० गते, पथरी ।मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा आगामी माघ २ (जनवरी १५) गतेदेखि ५ औं अन्तराष्ट्रिय आमन्त्रित फुबटबल च्यालेञ्ज कप—२०२१’ हुनेभएको छ ।

युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरीशनिश्चरेले सोमबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी च्यालेञ्ज कप बारे जानकारी गराएको हो ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी १४ वटा फुटबल टिमले प्रतिष्पर्धा गर्ने भएका छन । कोरोना भाइरसको कारण भरातको सिक्किम र सिलिगुडीको टिमहरु भने यो प्रतियोगितामा बोलाउन नपाएको आयोजक समितिले जनाएको छ । यस अघिको चार वटा संस्करणमा यी सबै स्थानबाट सहभागि हुँदै आएका थिए ।

प्रतियोगितामा झापाको काकडभिट्टा फुटबल तालिम केन्द्र, बीवाइसी ( भुटानी शरणार्थी शिबिर) बेलडाँगी, मोरङको टेन नवोदाय, पथरीशनिश्चरे एफसी, योङ्ग ब्रदर्स, बिन्दयाबासिनी बिराटनगर, बेलबारी, उर्लाबारी, लेटाङ, फेन्स क्लब, सुनसरीको एफएफसी धरान, धरान सिटी एकेडेमी, आयोजक युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) ए र बी गरी १४ वटा टिम सहभागी हुने आयोजक समितिको सचिव करण चाम्लिङ राईले बताए । उपाधि बिजेताले एक लाख एक हजार र दोस्रो हुनेले ५१ हजार नगद, ट्रफी र मेडलहरु पाउनेछन् ।

पत्रकार सम्मेलनमा पथरीशनिश्चरे १० निबासी गीतकार गणेश थक्लुङ लिम्बू, युवा समाजसेवी सुमन कुरुम्बाङ लिम्बू लगायतले फुटबल प्रतियोगिता सफलताको शुभकमना दिएका थिए । कार्यक्रममा आयोजक नरेन्द्र राई, जुद्धबहादुर राई, चिराग राई लगायतको उपस्थिति रहेको थियो ।

आयोजक समितिको संयोजक रामकुमार बानियाले भने ‘नेपालमा रहेका भुटानी शराणर्थी युवाहरु कुलत नलागोस, राम्रो शिक्षा लियोस भन्ने हाम्रो मुख्य उदेश्य हो ।’ प्रतियोगिताको फाइनलसम्म पुग्दा झापा मोरङमा रहेका चार वटा महिला फुटबल पनि गराइने आयोजक समितिले जनाएको छ ।

फुटबल प्रतियोगिता गर्न कृष्ण सोक्तेन राई र भुटानी शरणार्थी शिविर शनिश्चरेमा रहँदा सेक्टर ‘आइ’बासीहरुको प्रमुख भूमिका र सहयोग रहेको उनले बताए । भुटानी शरणार्थी शिविरबाट अमेरिका गएका शरणार्थीहरुको नेतृत्वमा रहेको इन्टरनेशनल वेलफेर एण्ड सार्पोट, इन्टरनेशनल होम केयर, अमेरिका हेल्थ सर्भिस अमेरिका, गौतम इरी इन्सुरेन्स लगायतको नाम आयोजकहरुले सापोटर्सको रुपमा लिएका थिए ।

सम्बन्धित खवर