बुधबार, चैत्र १८, २०८२

भोलीबाट पालिका स्तरीय परीक्षा हुर्दै: कक्षा ५ का ८९४ र ८ का ८०४ जना विद्यार्थी सहभागि हुने

१४ चैत्र, मोरङ । कानेपोखरी गाउँपालिकामा भोली आइतबारबाट आधारभूत तह अन्तर्गत कक्षा ५ र कक्षा ८ को पालिका स्तरीय वार्षिक परीक्षा सुरु हुदैछ ।

कक्षा ५ अन्तरगत सामुदायिक र संस्थागत विद्यालयका ८९४ जना छात्राछात्र परीक्षामा सहभागि हुनेछ भने कक्षा ८ अन्तरगत सामुदायिक र संस्थागत विद्यालयका ८०४ जना छात्राछात्र परीक्षामा सहभागि हुदैछ ।

कक्षा ५ अन्तरगत संस्थागत विद्यालय १६ वटा रहेका छन् भने छात्राछात्रको संङ्ख्या ४७४ जना रहेको छ । त्यस्तै कक्षा ८ संस्थागत विद्यालय ११ वटा रहेको छ भने छात्राछात्र ३२३ जना रहेका छन् । त्यस्तै सामुदायिक विद्यालय अन्र्तगत कक्षा ५ मात्र भएको विद्यालय १६ वटा रहेका छन् भने ४२० जना छात्राछात्र रहेका छन् । त्यस्तै कक्षा ८ मा १३ वटा विद्यालयमा ४८१ जना विद्यार्थी रहेका छन् ।

आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय बमोजिम परीक्षा तालिका सार्वजनिक गर्दै
परीक्षा केन्द्र पनि निर्धारण गरेको छ । परीक्षा चैत १५ गतेदेखि सुरु भई चैत २२ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा दिउँसो १२ बजेदेखि २ बजेसम्म तोकिएको छ । कक्षा ५ का विद्यार्थीहरुको लागि आफ्नै विद्यालय तोकिएको छ भने कक्षा ८ का विद्यार्थीहरूको परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

गाउँपालिकाले विभिन्न विद्यालयहरूलाई परीक्षा केन्द्र तोकेको छ । मा.वि होकलवारी परीक्षा केन्द्रमा मा.वि होक्लाबारी र बालज्योती ईङ्लिस स्कुल, प्रेमलक्ष्मी आमावि परीक्षा केन्द्रमा प्रेमलक्ष्मी आ.वि, जनमत सरस्वती आ.वि, र कालिस्थान नमूना ईङ्लिस स्कुल, बलदेव आ.वि. परीक्षा केन्द्रमा बलदेव आ.वि र शिक्षा विकास मावि, बाल मावि परीक्षा केन्द्रमा बाल मावि, शिक्षा सदन मावि र बालज्याति एकेडेमी इङ्लिस स्कुल, पिनाकल ज्ञानमन्दिर परीक्षा केन्द्रमा पिनाकल ज्ञानमन्दिर र जनता आवि, त्यस्तै मकालु इङ्लिस बोडिङ स्कुल परीक्षा केन्द्रमा मकालु इङ्लिस स्कुल र मा.वि भौसाबारी, सिंहदेवी मावि परीक्षा केन्द्रमा सगरमाथा इङ्लिस स्कुल र सिंहदेवी मावि, जनसेवा मावि परीक्षा केन्द्रमा पञ्चज्योती आ.वि, रमाइलो बालजगत इङ्लिस स्कुल, माउन्ट हर्मन चिल्डे«न एकेडेमी र जनसेवा मावि रहेका छन् । त्यस्तै पर्ल एकेडेमी इङ्लिस स्कुल परीक्षा केन्द्रमा जेनिथ इङ्लिस स्कुल र पर्लएकेडेमी इङ्लिस स्कुल, जनकल्याण मावि परीक्षा केन्द्रमा आर्दश इङ्लिस स्कुल र आर्दश मावि रहेका छन् ।

परीक्षा तालिकाअनुसार पहिलो दिन अंग्रेजी, सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा, गणित, नेपाली, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा शारीरिक शिक्षा र अन्तिम दिन स्थानीय विषय ‘कानेपोखरीको सेरोफेरो’ को परीक्षा सञ्चालन हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.