१५ चैत्र, मोरङ । कानेपोखरी गाउँपालिका क्षेत्रमा चोरी, डकैती बढेपछि प्रहरी चौकी रमाइलोले सक्रियता बढाएको छ ।
प्रहरी चौकी रमाइलोका सई निलमणि पोख्रेलको नेतृत्वको टोलीले मोबाइल चोरेको आरोपमा दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–७, वाहुनी निवासी वर्ष ३५ को सुजन कार्की र वर्ष २६ को विकास चौधरीलाई पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई घरबाटै चैत्र १३ गते पक्राउ गरेको हो ।
उनीहरुले कानेपोखरी–२ निवासी सिमान्त कटुवालको घरबाट शुक्रबार आईटीसी नाम गरेको मोबाइल चोरी गरेको थियो ।
त्यसअघि चोरी भएको ६ वटा मोबाइल फेलापारी सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी चौकी रमाइलोका सई पोख्रेलले बताए । उनका अनुुसार चोरीभएको ६ तोलाको ३ ओटा सुनको सिक्री, १ तोला ४ आनाको सुनको नौगेडी र २० तोला चाँदी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिसकेको बताए ।



