जेठ २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिको बैठक बसी आगामी आर्थिक वर्ष २०७८/0७९ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा छलफल अघि बढाएको छ ।
समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षतामा आज सम्मन्न बैठकले कृषि विकास शाखा, पशुपंक्षी शाखा, सहकारी शाखा र लघु उद्यम विकास शाखाले आआफ्ना योजना तर्जुमा गर्दै योजना तर्जुमा समितिमा पठाउने बारेमा छलफल भएको छ । साथै कृषिको वडा सञ्जाल र सहकारी प्रतिनिधिबीच योजना तर्जुमामा छलफल गरिने समितिका सदस्य सचिव हेमचन्द्र दहालले जनाए ।
बैठकमा, समिति सदस्य गीता विश्वकर्मा, मैनाकुमारी राई लिम्बू तथा आमन्त्रित रुपमा कृषि विकास शाखा प्रमुख सावित्रा कार्की, पशुपंक्षी शाखाका पर्वत शाह, सहकारी शाखा प्रमुख केशवदेवी धमला र लघु उद्यम विकास शाखा प्रमुख सपना कार्कीको उपस्थिती रहेको थियो । बैठकले ती शाखाहरुको हालसम्मको कार्य प्रगति समीक्षा समेत गरेको छ ।