साउन ५ गते, कानेपोखरी । मोरङको कानेपोखरी –४, हात्तिडुब्बा निवासी दलबहादुर(नारायण)बस्नेतको थप उपचारको लागि लायन्स क्लब अफ कानेपोखरीले आर्थिक सहयोग गरेको छ ।
मंगलबार लायन्स क्लब अफ कानेपोखरीका सदस्यहरु घर मै पुगि १६ हजार ५ सय सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले सो रकम हस्तान्तरण गरेका थिए । लायन्स क्लबका चरण गुरुङ, डिल्ली फुयल, उमेश पौडेल, एबिन पाठक, दान बहादुर बस्नेत, कृष्ण दवाडी, गणेश सुवेदी, रोशन तिम्सिना, भोला अधिकारी र सुशिल बुढाथोकी लगाएतले सो बराबरको रकम संकलन गरी हस्तान्तरण गरेको हो ।
त्यसैगरी यस अघि बि एण्ड बि कन्ट्रकशन संचालक युवा नेता भोजकुमार श्रेष्ठले घरमै गएर ५ हजार सयोग हस्तान्तरण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी संयोजक अशोक फुयलले २५ सय, समाजसेवी गोविन्द(बवि)अधिकारीले ३ हजार र ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेतले १ हजार गरी जम्मा ६ हजार ५ सय रुपैया पनि उपचारको लागि यस अघि नै हस्तान्तरण भएको छ ।
स्थानीय नगरेन्द्र बस्नेतले दलबहादुर(नारायण)बस्नेतको तस्विर सामाजिक सञ्जालमा सहयोगको अपिल गर्दै सार्वजनिक गरेपछि सहयोग जुट्न थालेको थियो । वस्नेत गत असार २३ गते साइकलमार्फत दुर्घटना भएको थियो । दुर्घटनामा दाइने घुडाँ भाँचिएपछि उपचार गराउँदै आएको थियो । निम्न आर्थिक अवस्थाका उनको परिवारले लिम्बु आयुर्वेद केन्द्र दमकमा उपचार गराउँदै आएको छ ।