बुधबार, बैशाख ९, २०८३

कानेपोखरीको मुहार फेर्दै: एकै वर्षमा थपियो ८ किलोमिटर कालोपत्र सडक

७ वैशाख, मोरङ । स्थानीय सरकारको सक्रियता र दिगो विकासको सोचले कसरी गाउँको मुहार फेर्न सकिन्छ भन्ने उदाहरण मोरङको कानेपोखरी गाउँपालिकाले देखाएको छ । “गाउँ–गाउँमा सडक, घर–घरमा विकास” भन्ने नारालाई सार्थकता दिँदै गाउँपालिकाले आर्थिक वर्ष २०८२/0८३ मा सडक पूर्वाधारमा उल्लेख्य फड्को मारेको छ ।

विगतका वर्षहरूमा स–साना र वितरणमुखी योजनामा बजेट छर्ने प्रचलनलाई चिर्दै यस वर्ष कानेपोखरीले रणनीतिक र उत्पादनमुखी योजनालाई प्राथमिकता दिएको छ । गत चैत्र २७ गते गाउँसभाको २० औं अधिवेशन पारम्भ गदौ गाउँपालिकाको प्रगति समीक्षा प्रतिवेदनले प्रष्ट पारेको छ । स्थानीय गौरवका आयोजना र बहुवर्षीय योजनाका रूपमा सडक निर्माणलाई अघि बढाइएको छ । जसको सुखद परिणाम स्वरूप, यसै आर्थिक वर्षमा मात्रै गाउँपालिकाका विभिन्न क्षेत्रमा गरी कुल ७ हजार ८ सय ७० मिटर (करिब ८ किलोमिटर) सडक कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।

गाउँपालिकाले मुख्य बजार क्षेत्रदेखि ग्रामीण भेगका भित्री बस्तीहरूलाई समेत सडक सञ्जालले जोडेको छ । जस्तैः रमाइलो–डोमाना सडक २,४०० मिटर सडक कालोपत्र भएको छ । त्यस्तै, कामतटोल सुकुना कल्भर्ट सडक १,११० मिटर लामो छ, यो सडकले स्थानीय आवागमनमा ठूलो राहत पु¥याएको छ । त्यस्तै, भैंसाबारी क्याम्पसडाडा सडक ९६५ मिटर सडक कालोपत्र भएसँगै शैक्षिक क्षेत्र र वरपरको वस्ती लाभान्वित भएका छन् ।

आइतबारे–शुक्रबारे सडक कालोपत्र ८०० मिटर, नर्सरीडाडा–ज्यामिरेखोला सडक कालोपत्र ५८० मिटर र शुक्रबारे साधनचोक कृषि सडक कालोपत्र ५५० मिटर, पिपलरुख–रातेखोला सडक कालोपत्र २०० मिटर, हलेसी होटल–अशोक फुयलको घरहुँदै पुलिस चौकी सडक कालोपत्र ३५० मिटर, आइतबारे ७ नम्बर वडा कार्यालय जाने सडक कालोपत्र ३०० मिटर, छकमकटोल बिहारीटोल सडक कालोपत्र ३६५ मिटर, डाकिनि कल्भर्ट ठुलोगाउँ सडक कालोपत्र २५० मिटर लगायत ११ वटा विभिन्न स्थानमा कालोपत्र सम्पन्न भएको छ ।

सडक कालोपत्रे भएसँगै वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका कानेपोखरी क्षेत्रका स्थानीयवासीको जीवनशैली फेरिन थालेको छ । सडक विस्तारले गाउँको आर्थिक गतिविधि बढाउनुका साथै स्वास्थ्य र शिक्षामा पहुँच समेत सहज बनाएको हुने देखिन्छ ।

सिमित स्रोत र साधनका बावजुद एकै वर्षमा ८ किलोमिटर कालोपत्रे सडक निर्माण गर्नुलाई कानेपोखरी गाउँपालिकाको ठूलो सफलता मानिएको छ । रणनीतिक योजना र जनमुखी बजेट कार्यान्वयनको यो मोडलले अन्य स्थानीय तहलाई पनि विकासको मार्गचित्र कोर्न प्रेरणा मिल्ने देखिन्छ ।

तस्विरहरु :सनम रोक्का /अशोक फुयल

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.