आइतवार, बैशाख ६, २०८३

मोरङ सिएच आईटिएफ तेक्वान्दो संघ दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चौधरी

६ बैशाख, कानेपोखरी । मोरङ सि.एच.आई.टि.एफ तेक्वान्दो संघको दोस्रो जिल्ला अधिवेशनले सम्पन्न भएको छ । शनिबार कानेपोखरी–६, रमाइलोमा भएको अधिवेशनले पुन बिधानन्द चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै अधिवेशनले संघको उपाध्यक्षमा दुर्गा प्रसाद खतिवडा, सचिवमा पुर्णिमा अधिकारी, सह–सचिवमा जानुमाया भुजेल र कोषाध्यक्षमा आशिष भुजेल सर्बसम्मत चयन भएका थिए ।

त्यस्तै सदस्यहरुमा बिसीका धिमाल, बिन्तिका लिम्बू, रोयल राई, सुर्य चौधरी, आशिका चौधरी, खेमराज पाण्डे, सम्झाना श्रेष्ठ रहेका छ्न । १३ जना सदस्य रहने समितिमा संघको पहिलो बैठकले १ जना मनोनित गरेर १३ जना पुर्याउने निर्वाचन समितिका संयोजक युवराज भुजेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथि खेलकुद विकास समिति मोरङ जिल्ला अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङको उपस्थितमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश सिएचआईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेल, अतिथिहरु कोशी प्रदेश सिएचआईटिएफ तेक्वान्दो संघका सचिव दिनेश सुब्बा, कोशी प्रदेश सिएचआईटिएफ तेक्वान्दो संघका सदस्य विवेक खतिवडा र स्थानीय समाजसेवी निर्मल फुयल रहेका थिए ।

कार्यक्रममा सभाअध्यक्ष विद्यानन्द चौधरीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि इन्द्रकुमार योञ्जन तामाङ र विशिष्ट अतिथि युवराज भुजेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सचिव दुर्गा प्रसाद खतिवडाले सञ्चालन गरेको थियो ।

तस्विरहरु: विवेक खतिवडा

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.