८ वैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले सडक कालोपत्र गर्ने कार्यमा मात्र होइन, अन्य आधारभूत पूर्वाधार निर्माणमा पनि उतिकै कार्य सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८२÷०८३ को प्रगति प्रतिवेदनले गाउँपालिकाभित्र खानेपानी, शिक्षा, धार्मिक पर्यटन र ढल निकास जस्ता बहुआयामिक क्षेत्रमा भएका उल्लेख्य कार्य सम्पन्न गरेको हो ।
गत चैत्र २७ गते गाउँसभाको २० औं अधिवेशनमा उपाध्यक्ष भोला प्रसाद अधिकारीद्धारा प्रस्तुत प्रगति प्रतिवेदनको तथ्याङले प्रष्ट पारेको छ ।
कालोपत्रे सडकका अतिरिक्त गाउँपालिकाले ठूलो क्षेत्रफलमा सब–बेस’ र ’एजिङ वाल’ सहितको सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ ।
नारायण चौक उत्तर बिहिबारे हरकपुर सडक एजिङ वाल सहित सब बेस ४८५ मिटर, पच्चिसबिघे प्रोगेटिपटोल अम्मरडाँडा एजिङ वाल सहित सब बेस ७१८ मिटर, सेतेचौक अमर मार्ग सडक डे«न सहित एजिङ वाल सहित सब बेस निर्माण १०२० मिटर, धम्कुवा रिमाल चौक सडक एजिङ वाल सहित सब बेस निर्माण ११०० मिटर, सलबले चौक पुर्व सडक एजिङ वाल सहित सब बेस निर्माण ७०० मिटर, भौसाबारी त्रिबेनी चौक गैरीगाउँ सडक एजिङ वाल निर्माण ७०६ मिटर, हस्तिनापुर हात्तिडुब्बा सडक एजिङ वाल निर्माण ८७५ मिटर, लक्ष्मी नारायण मन्दिर परिसर सुधार १ तला भवन तथा कम्पाउण्ड निर्माण र १०० मिटर पक्की आर सिसि नाली निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस्तै, ढिक्ुवाडाँगी सडक वडा नं.–२ ड्रेन सहित सब बेस निर्माण ५०० मिटर, मिलन चौक सडक वडा नं. ३ ड्रेन सहित सब बेस निर्माण ५०० मिटर, भौसाबारी सुन्दरबस्ती सडक ड्रेन निर्माण ५०० मिटर, वडा नं. ६र ७ सिमानाको बाटो ड्रेन सहित सब बेस निर्माण ५००, नारायण चौक मिलन चौक ड्रेन सहित सब बेस निर्माण ८४० मिटर, बिदाई टोल सडक ड्रेन सहित सब बेस निर्माण २९६ मिटर, त्रिवेणी चौैक दक्षिण डे«न सहित सब बेस निर्माण ५०० मिटर, शिक्षा विकास माविको पहिलो तला निर्माण, खानेपानी पाइप बिस्तार वडा नं. २, ५ र ७ मा ४ हजार ९ सय मिटर, कानेपोखरी गाउँपालिका र सहारा नेपालको साझेदारीमा विपन्न नागरिकलाई ३० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको कालोपत्रे सडक योजना तथा अन्य योजनाहरु जम्ममा ३० वटा रहेको प्रगती प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा वैदेशिक रोजगारी जान चाहेका तथा छुटीमा आएका २०१ जना लागग्राहीको अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ । त्यस्तै वैदेशीक रोजगारीको क्रममा मृत्युभएका ३ जना मृतकहरुको क्षतिपूर्ती प्राप्त गर्ने प्रकृया भईरहेको र २ जनाको शव नेपाल ल्याईएको साथै ३ जनाको शव घरसम्म पुर्याईदिएको प्रतिवेदनमा उल्लेखछ ।
भौतिक पूर्वाधारसँगै मानव विकासका सूचकहरूमा पनि गाउँपालिकाले ध्यान केन्द्रित गरेको छ । पिउने पानीको पहुँच पुर्याउन वडा नं. २, ५ र ७ मा कुल ४ हजार ९ सय मिटर खानेपानी पाइप र सदस्य विस्तार गरिएको छ । खानेपानीको धारा, ट्युवेल जडान र गडान गरेको छ । जसले सयौँ घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।
शैक्षिक विकासमा विद्यालयको भवन निर्माण सम्पन्न भएसँगै विद्यार्थीहरूका लागि थप कक्षाकोठा र शैक्षिक वातावरण सहज भएको छ ।
त्यस्तै गाउँपालिकाले विपन्न नागरिकहरूका लागि सुरक्षित आवास निर्माण गर्ने कार्यलाई पनि यसै वर्ष सफलतापूर्वक सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्ता कार्यहरूको विवरणले कानेपोखरी गाउँपालिकाले योजनाबद्ध र सन्तुलित विकासको बाटो रोजेको देखिन्छ । सडकले गाउँ जोड्ने, खानेपानीले स्वास्थ्य सुधार्ने र विद्यालय भवनले भविष्य उज्यालो बनाउने विश्वास स्थानीयले लिएको छ ।
तस्विरहरु: गाउँपालिकाको फेसबुक पेजबाट




