आइतवार, बैशाख ६, २०८३

स्थानीय तहको सिमाना हेरफेरमा नयाँ प्रस्तावः लेटाङ–कानेपोखरी क्षेत्र मिलाउने तयारी

६ वैशाख, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संख्या र सिमाना हेरफेरका लागि सरोकारवाला पक्षसँग सुझाव माग गरेको छ ।

यसै सन्दर्भमा मोरङ क्षेत्रबाट पनि महत्वपूर्ण प्रस्तावहरू अघि आएका छन् । स्रोतका अनुसार लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिकाका उत्तरी वडाहरू र मिक्लाजुङ गाउँपालिकाका पश्चिम क्षेत्रका वडाहरूलाई समेट्ने गरी सिमाना मिलाउने प्रस्ताव तयार गरेको छ । उक्त प्रस्तावले स्थानीय तह पुनःसंरचनामा नयाँ बहस सिर्जना गर्ने देखिएको छ ।

मन्त्रालयले वैशाख ३ गते पत्राचार गर्दै गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सिमाना परिमार्जनसम्बन्धी सुझाव माग गरेपछि विभिन्न स्थानीय तहहरूले आफ्नो आवश्यकता र सम्भावनाअनुसार प्रस्तावहरू पठाउन थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३, ५, ६, ७ र ८ अनुसार सिमाना हेरफेर, गाभ्ने (मर्जर) र वडाको संख्या मिलान गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, लेटाङ–कानेपोखरी–मिक्लाजुङ क्षेत्रलाई समेट्ने प्रस्ताव कार्यान्वयनमा आएमा सेवा प्रवाह सहज हुने, भौगोलिक समन्वय मजबुत बन्ने र प्रशासनिक दक्षता बढ्ने अपेक्षा गरिएको छ । मन्त्रालयले प्राप्त हुने सबै सुझावहरूको अध्ययन गरी स्थानीय तहको संरचनात्मक सुधारका लागि आवश्यक निर्णय लिने जनाएको छ ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.