पथरी नगर अस्पतालमा अबदेखी ९ बजेदेखी विरामीको नाम दर्ता हुने

भदौ ९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर अस्पतालमा अबदेखी ९ बजेदेखी नै विरामीको नाम दर्ता गर्ते भएको छ ।

अस्पतालको सेवालाई थप चुस्त दुरुस्त बनाउँदै लाने उदेश्यले विहान ९ बजेबाट विरामीको नाम दर्ता प्रक्रिया अघि बढाइने भएको हो । बुधबार नगर अस्पताल व्यवस्थापन समितिको बसेको बैठकले स्वास्थ्यकर्मी व्यवस्थापन, विमाको औषधि सहितको कार्यालय व्यवस्थापन गर्दै जाने निर्णय भएको छ ।

१५ शैयाको अस्पतालका लागि संघीय सरकारसँग आवश्यक डाक्टर सहितका स्वास्थ्यकर्मी माग गरेको अवस्थामा सोको व्यवस्थापन नहुन्जेल सम्मका लागि तत्काल अति आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णय भएको समिति अध्यक्ष एवम् नगर प्रमुख दिलीपकुमार राईले जनाए ।

समिति उपाध्यक्ष एवम् उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खवर