भदौ २९ गते, बयरवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ विटुका पुर्व डिष्ट्रिक गभर्नर घनश्याम भट्टराईको जन्मदिनको अवसरमा जेष्ठ नागरिकलाई खिर खुवाईएको छ ।
कानेपोखरी–६, रमाइलो बजार स्थित ज्येष्ठ नागरिक चौतारी समुहका जेष्ठ नागरिकलाई भेला गरी सोमबार खिर खुवाईएको हो । गभर्नर धनश्यामका बुबा र आमा खिर खुवाउने कार्यक्रममा उपस्थित भएका थिए ।
ज्येष्ठ नागरिक चौतारी समुहका ६१ ज्ना जेष्ठ नागरिकलाई खिर खुवाईएको लाइन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौडेलले बताए । यस अघि कानेपोखरी गाउँपालिका वडा नं. ६ बसोबास गरेका गर्भनर धनश्याम अहिले चितवनमा बसाई सरेर गएका छन् । उनी हाल विदेश क्यानाडामा रहेका छन् ।