हरियालीको पर्यटन क्षेत्र द्रुत गतिमा निर्माण हुने, पर्यटन खुल्ला गर्ने तयारी

मंसिर २२ गते, पथरी । मोरङको पथरीशनिश्चरे –२, मा स्थापित हरियाली सामुदायिक वन पब्लिक लिमिटेडले पर्यापर्यटन क्षेत्रमा पर्यटक भित्र्याउने योजना भएको छ । लिमिटेडको सोमबार आयोजित दोस्रो वार्षिक साधारण सभाले आगामी नयाँ बर्ष देखी आन्तरिक पर्यटकहरुको लागि निर्माणधिन पर्यटन क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले हरियाली सामुदायिक वनमा बन्न लागेको पर्यटन क्षेत्रले नगरमा सबैभन्दा ठूलो आम्दानीको श्रोत बन्ने बताए । बिदेश भिजिट हङ्कङ जाँदा बिग बुद्ध लगायत र पूर्बी नेपालको बिभिन्न स्थान घुमेको अनुभव सुनाउदै हरियालीमा बन्न लागेको पर्यटन क्षेत्रको उच्च संभावना रहेको बताए । सभामा हरियाली सामुदायिक वन पब्लिक लिमिटेडका अध्यक्ष अशोककुमार राईले बार्षिक प्रगति र भावि कार्ययोजना पेस गरेका थिए ।शेयरधनीबाट संकलन भएको रकम र संघीय सरकार संस्कृति, पर्यटन नागरिक उड्ययान मन्त्रालयबाट परेको दुबै गरी ४ करोड १६ लाखको लागतमा स्वीमिङ पुल, शौचालय, बोटिङ पोखरी, प्रवेश द्वार, सुरक्षाको लागि प्रहरी विट लगायतको १२ प्रकारको भौतिक संरचना निर्माण भइरहेको छ । सो रकम घटाघटमा वल्र्ड वाईड कोशी शिवालय जेभी काठमाडौंले टेन्डर पारेर संरचना निर्माण गर्दै छ । साधारण सभामा शेयरधनीहरुले आम्दानीहुने काम तुरुन्त सुरु गर्न माग गरेपछि काम तिव्र रुपमा गराएर आगामी नयाँ बर्षमा पर्यटकको लागि खुल्ला गर्ने लक्षसहित कम्पनी अघि बढ्ने अध्यक्ष अशोककुमार राईले बताए ।

कम्पनीका सदस्य काशीहाङ राईले सञ्चालन गरेको साधारणसभामा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगर, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ, नगरपालिका ३ नम्बर वडा अध्यक्ष डम्बर चेम्जोङ लिम्बू, कम्पनीको पूर्ब अध्यक्ष देवि भेटवाल लगायतले शुकामना दिएका थिए । कम्पनीमा ८ सय ६१ जना शेयर सदस्यहरु रहेका छन् । २० करोड अधिकृत पुँजी रहेको कम्पनीले पहिलो किस्ता एक करोड संकलन गरी पर्यापर्यटन क्षेत्र बिकासमा लागेको हो ।

 

सम्बन्धित खवर