४ बर्षे डेरा पछि अहिले आफ्नै भवनमा २ नम्बर वडाकार्यालय

मंसिर २३ गते, पथरी, मोरङ । स्थानिय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरु केही वडाकार्यालयहरु डेरामा बसेका थिए भने केही पुरानै गाविसको भवनमा कार्यालय सञ्चालन गरी जनताको सेवा गर्दै आएका थिए ।

डेरामा कार्यालय संचालन हुदा असहज तरिकाले जनताका सेवा गर्दै आएका जनप्रतिनिधि र कर्मचारीहरु पछिल्लो समयमा आफ्नो वडाको भवनबाट सहज तरिकाले सेवा दिर्दै आएका छन् । जनप्रतिनिधिहरुको पाँचबर्षे कार्यकालको अन्त्यमा प्राय सवै पालिकाको आ–आफ्नै वडाकार्यालयको भवन निर्माण सम्पन्न गरिसकेको छ । यसको साथै अहिले सिंहदरवार जनताको घरघरमा आएको जनताले महसुस गरेको छ ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका – २ नम्बर वडा कार्यालयको भवनबाट जनताको सेवा दिन बुधबारदेखी सुरु गरेको छ । भवनको नगरप्रमुख दिलिपकुमार राई र उप्रमुख यमुना विष्ट बास्तोलाले भवनको रिवन काटेर उद्घाटन गरेका थिए । ४ बर्ष अघिबाट कार्यालय डेराबाट सेवा प्रवाह गर्दै आएको थियो । २ नम्बर वडाका पञ्च कुमार राई, दुर्गा खतिवडा, दिपक खतिवडा र रामभक्त राईले सँयुक्तरुपमा ५ कट्ठा जग्गा वडाकार्यालयको नाममा निःशुल्क दिएपछि नगरपलिकाले वडाकार्यालयको भवन निर्माण गरेको थियो । उद्घाटन कार्यक्रममा जग्गादाताहरू पन्च कुमार राई र सृजना राईबाट १ कठ्ठा १८ धुर, दुर्गा खतिवडा र सुजता खतिवडाबाट १ कठ्ठा १० धुर, दिपक खतिवडा र कमला खतिवडाबाट १ कठा २ धुर, रामभक्त राई र बालिका खतिवडाबाट १० धुर गरी जम्मा ५ कठ्ठा जग्गा दिने जग्गादातालाई वडाकार्यालयले सम्मान पत्र र दोसल्लाले सम्मान गरेको थियो । उनिहरुलाई कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख राई र विशिष्ट अतिथि उपप्रमुख बास्तोलेले सम्मान गरेको हो ।

त्यसैगरी वडा नम्बर २ बाट निर्वाचित गाउँ पञ्चायत हुँदै गाविस हुँदासम्मका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कृष्णकुमार सुब्बा, स्व. तिलक वान्तवा राई, मोहन तुम्वापो, स्व. सइकुमार राई, पार्थबहादुर बुढाथोकी, रत्न बहादुर बस्नेत, नेत्रप्रसाद दाहाल, अग्नी गुरुङ, पूर्व उपाध्यक्ष पोमप्रसाद दाहाल लगायतलाई सम्मान गरिएको थियो ।वडाध्यक्ष एवं नगरका प्रवक्ता यामप्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष नेत्रप्रसाद दाहाल, पूर्व गाविस अध्यक्ष मोहन तुम्वापो, नेकपा एमालेका तर्फबाट नैना राई, कांग्रेसका तर्फबाट टिका तामाङ र माओवादीका तर्फबाट थवराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ‘हाम्रो पथरी शनिश्चरे’बोलको गीतमा रेडस्टारका विद्यार्थीहरुले स्वागत नृत्य गरेका थिए । राष्ट्रिय कलाकार वीरध्वज शिवाले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा स्थानीय शब्द थिएटरले लैङ्गिक हिंसा विरुद्धको कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन गरेको थियो । ।

 

सम्बन्धित खवर