पथरीशनिश्चरे नगरमा नीति, कार्यक्रम र बजेटको सार्वजनिकिकरण

असार १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ११ औं नगर सभाबाट पारित नीति, कार्यक्रम र बजेटको सार्वजनिकिकरण गरेको छ ।

शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा पत्रकार सम्मेलन मार्फ नीति, कार्यक्रम र बजेटको सार्वजनिकिकरण गरेको हो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नगरसभाले पारित गरेका नीति, कार्यक्रम र बजेटको सारसंक्षेपको प्रेस विज्ञप्ति प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित उपप्रमुख देवीमाया काफ्लेले नगरसभामा प्रस्तुत गरेर पारित भएको १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आयव्यय बजेटका बारेमा जानकारी गराएका थिए ।

संघीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत ४९ करोड ४७ लाख २० हजार, राजस्व वाँढफाँडबाट १५ करोड ८० लाख ७२ हजार ७ सय ४४, प्रदेश सरकारबाट २ करोड ७४ लाख ७२ हजार रकम प्राप्त भएको छ । अन्तर सरकारी अनुदानका स्वरुप ६४ लाख, सामाजिक सुरक्षा भत्ता ३४ करोड सहितको रकम प्राप्त भएको छ । आन्तरिक आम्दामी ३ करोड ५१ लाख ३५ हजार ३ सय अनुमान गरिएको छ । संघीय सशर्त अनुदानमा २५ करोड, प्रदेश सशर्त अनुदानमा ६ करोड ७२ लाख ६० हजार प्राप्त हुनेछ ।

संस्कृति तथा पर्यटन मन्त्रालयबाट २ करोड ७ लाख, नगर विकास कोषबाट ५ करोड, स्थानीय पूर्वाधार कार्यक्रममा १ करोड ४५ लाख २५ हजार, नगर अस्पतालमा ६ करोड ४० लाख, गरिवसँग विश्वेश्वर कार्यक्रममा ५ लाख ८० हजार, सडक बोर्डबाट ४७ लाख, जिल्ला समन्वय समितिबाट १७ लाख ३० हजार विनियोजित भएको जानकारी गराइएको छ ।चालु खर्चतर्फ १७ करोड ३५ लाख ५६ हजार ४४, पूँजीगततर्फ ११ करोड ९ लाख ९६ हजार, प्रशासनिकतर्फ १३ करोड ८० लाख ५६ हजार ४४ छुट्याइएको छ । शिक्षामा अघिल्लो वर्षको सारिएको समेत गरी २ करोड १० लाख, स्वास्थ्यमा १ करोड ५५ लाख, पशुपंक्षी तथा मत्स्य विकासमा ५७ लाख २५ हजार कृषि विकासमा ५५ लाख ७५ हजार विनियोजित भएको छ । संघको समपुरक कोषतर्फबाट वडा नम्बर ६ मा बुद्धमार्गको पथरी खोलामा पक्की पुलका लागि समपुरक कोषबाट ६० लाख सहित १ करोड ७९ लाख, रत्नमार्ग कालोपत्रेमा ५० लाख, अस्पतालमार्ग कालोपत्रेमा ८७ लाख ७० हजार, पथरी डाइनिया लगायत सडक कालोपत्रेमा २३ लाख विनियोजन भएको छ ।

प्रदेश सरपुरकतर्फ, बुद्धमार्ग सडक कालोपत्रेमा ६० लाख, रजतजयन्ती मार्ग सडक कालोपत्रेमा ४० लाख, सडक वत्तीमा १५ लाख रुपैयाँ नगरसभाले विनियोजन गरेको छ । वडाको भूगोल, विकासको अवस्था, राजस्व संकलनमा योगदान लगायतका सूचकका आधारमा यो वर्षबाट वटागत बजेट सिलिङ प्रत्येक वडामा फरक पर्नेगरी छुट्याउने क्रम थालिएको छ । १० वडाको वडा सिलिङमा ६ करोड ४५ लाख, वडाको प्रशासनिक खर्चमा ७० लाख, ६ वटा विषयगत समिति सिलिङतर्फ ५ करोड ८६ लाख ७६ हजार, नगरस्तरीय योजनामा १ करोड ८१ लाख छुट्याइएको छ । अघिल्लो वर्ष सम्पन्न हुन बाँकी ८ करोडको योजना अवको आर्थिक वर्षमा अल्या. गरिएको छ ।
अति विपन्नको निःशुल्क स्वास्थ्य विमामा ४० लाख, महिला लक्षित कार्यक्रममा १५ लाख, बालबालिका लक्षितमा ५ लाख, अपाङ्गता लक्षितमा ६ लाख, अपाङ्गता रोकथाम पूनस्र्थापनामा १६ लाख, सहकारीमा १२ लाख, कला साहित्यमा ८ लाख, मिडिया प्रवद्र्धनमा ४ लाख छुट्याईएको छ ।

नगर प्रमुख तुम्वापोले पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै नगरले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको वताए । समग्र बजेटको आकार ठूलो देखिएपनि सामाजिक सुरक्षा भत्ता सहितका रकमहरु विकास निर्माणमा प्रयोग गर्न नमिल्ने र त्यस्तो प्रयोग गर्न मिल्ने रकम माथिल्लो सरकारी निकायबाट घटेर आएको समेत प्रष्ट्याएका थिए । पत्रकार सम्मेलनमा, उपप्रमुख देवीमाया काफ्लेका साथै वडाध्यक्ष र कार्यपालिका सदस्यको उपस्थिती रहेको थियो ।

नगर उपप्रमुख देवीमाया काफ्लेले आर्थिक वर्ष २०७९÷८० का लागि नीति, कार्यक्रम सहित १ अर्व २७ करोड १५ लाख ४१ हजार ४४ रुपैयाँको अनुमानित आयव्यय बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षमा छुट्याइएको बजेटबाट दमकल ल्याइएको छ । नगरस्तरीय १५ र वडागत ३ सय ५ गरी ३ सय २० योजना तय गरिएको छ ।

नगरसभाबाट ४ वटा उपसमिति समेत गठन गरिएको छ । न्यायिक समिति संयोजक उपप्रमुख रहने व्यवस्था अनुरुप समितिको सदस्यमा कार्यपालिका सदस्य पदम धिमाल र कार्यपालिका सदस्य कल्पना श्रेष्ठ चुनिएका छन् । त्यसैगरी विधायन समिति संयोजकमा २ नम्बर वडाध्यक्ष नैना राई, सदस्यमा वडा नम्बर १ का सदस्य सुरेशकुमार कार्की र वडा नम्बर ६ की सदस्य शान्ता थापा चयन हुनु भएको छ ।

सुशासन समिति संयोजकमा ३ नम्बर वडाध्यक्ष विजय लिम्बू, सदस्यमा कार्यपालिका सदस्य तुलसा कार्की र ८ नम्बर वडा सदस्य बाबुराम चौधरीलाई सभाले चुनेको छ । लेखा समितिको संयोजकमा १ नम्बर वडाध्यक्ष भीमकुमार राई, सदस्यमा कार्यपालिका सदस्य मिनाकुमारी तामाङ र २ नम्बर वडा सदस्य चन्द्रकुमार राई छानिएका छन् ।

सम्बन्धित खवर