असार २० गते, आइतबारे । बालबालिका राष्टका भविश्य हुन । त्यसैले त उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्यमा सवै राज्यले केही न केही बन्दोबस्त मिलाएका हुन्छन् । यिनै बालबालिकामा केन्द्रित भई प्रदेश सरकारले कानेपोखरी–७, स्थित शुक्रबारेको भलुवा सिमसार छेउमा सानो बाल उद्यान संचालनमा ल्याएको छ ।
पर्यटन तथा सस्कृती मन्त्रालय प्रदेश न.१ बिराटनगरले भलुवा सिमसार पर्यटकीय पुर्बाधार बिकास कार्यक्रमका लागि २०७८/०७९ को स्वीकृत बार्षिक बजेट १५ लाखमा काम सम्पन्न भएको वडा नं. ७ वडा सदस्य जीवन सुब्बाले बताए ।
फुटबल मैदानको पूर्वपटि ग्रामिण सुधार सामुदायिक वनको क्षेत्रमा पिङ, चिप्लेटी लगाएतको सामाग्री व्यवस्थापन गरेका छन् । त्यहाँ अहिले विहान बेलुकी सोही स्थानका बालबालिकाहरु दैनिक खेल्न र रमाउने गरेका छन् ।
गाउँपालिकामा २०७८ फागुन ३० गते सम्झौता गरी २०७९ जेठ २५ काम सम्पन्न भएको भलुवा सिमसार संरक्षण तथा ब्यबस्थापन समितिका सचिव भगिराज लिम्बुले बताए ।