‘कान’ को वास्तविकता सार्वजनिक, भ्रमको पछि नलाग्न आग्रह

साउन २३ गते, कानेपोखरी । सामाजिक सञ्जालमा चर्चा पाएको ऐतिहासिक कानेपोखरीको कानको प्रतिमाको वास्तविकता कानेपोखरी गाउँपालिकाले सार्वजनिक गरेको छ ।

आइतबार गाउँपालिकाले विज्ञप्ती निकाल्दै ‘कान प्रतिमा’ को लागत रकम ५ लाख मात्र भएको जनाएको छ । तर वास्तविकता नै नबुझिँ स्थानीयहरुले सामाजिक सञ्जालमा ४१ लाखको कानको सालिक भन्दै कानको फोटो र भ्रष्टचारीहरु भन्दै लेखेका थिए ।

विज्ञप्तीमा सत्यतथ्य नबुझिँ सामाजिक सञ्जालमा आएको कपोकल्पीत, तथ्यहिन र भ्रामक कुराहरुको पछि नलाग्न सवैमा आग्रह गरेका छन् । सरोकारवाला जो कोही नागरिकहरुले बास्तविकता के हो भन्ने कुरा गाउँपालिकामा आएर सहज रुपमा बुझ्न पनि उल्लेख गरेका छन् ।

समाजका अगुवाहरुले यस्तो कपोकल्पित र भ्रामक कुराहरु रचना गरी सामाजिक सञ्जालमा पोष्ट गर्दा समाज विकासमा नकारात्कम असर पुग्ने गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताइन् । हाम्रो समाजमा विकास नचाहनेहरु केही व्यक्तिहरु यस तर्फपनि लाग्ने गरेकाले सवैलाई सजक रहन आग्रह गरिन ।

जम्मा खर्च भएको ४१ लाख ८० हजार १ सय ५० रुपैयामा ५ लाख ६४ हजार १ सय १२ रुपैयाको जनसहभागिता उपभोक्ता समितिबाटै ब्यहोरिएको अभिलेखमा छ । जस्मा ३६ लाख १६ हजार ३८ रुपैयाको पोखरी प्रवेशद्धार, शौचालाय महिला र पुरुष, तीनवटा प्रतिक्षालय, ट्रायक ओपन, गिटी बिच्याउने, कान र हरिणको प्रतिमा ह्ुयपाईप जडान लगाएतका संरचनाहरु निर्माण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

कानेपोखरी –७ मा रहेको ऐतिहासिक कानेपोखरीको संरक्षणको लागि नेपाल सरकारले आर्थिक बर्ष २०७७÷०७८ मा ५० लाख रकम विनियोजन गरेको थियो । संरचना निर्माण र व्यवस्थापन तर्फ उक्त योजना रु ५२ लाख ७४ हजार, ५ सय ३७ रुपैया बराबरको लागत अनुमान तयार पारी उपभोक्त समिति गठन गरी काम सुर भएको थियो । समिति र अनुगमन समिति सर्वदलिय प्रतिनिधित्व हुने गरी निर्माण गरी काम भएको थियो ।

आर्थिक बर्षको अन्तिम २०७८ जेठ ७ गते गाउँपालिकामा सम्झौता भएको योजना उपभोक्ता समितिले २०७८ असार २५ गते फरफारक गरेको थियो । ५२ लाख ७४ हजार, ५ सय ३७ रुपैया बराबरको लागतमा प्राविधिक पक्षले नापजाँच गर्दा ४१ लाख ८० हजार १ सय ५० रुपैयाको मात्र काम भएको हिसाव निकालिदिएको थियो ।

 

सम्बन्धित खवर