छात्रवृत्ति प्रदान गर्नको लागि जेनिथमा अक्षयकोषको स्थापना

माघ १४ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका ६, रमाइलोका गुरु बुदीनाथ लम्सालले जेनिथ इङ्लिस स्कुलमा “चन्द्रमाया स्मृती अक्षयकोष” स्थापन गरेको छ ।

गुरु लम्सालले स्कुलमा ७ बर्ष अघि “चन्द्रमाया स्मृती अक्षयकोष” स्थापना गरेको हो । विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेको थियो । लम्सालले आफ्नो स्वर्गिय माता चन्द्रमायाको नाममा अक्षयकोष स्थापना गरेका हुन ।

विद्यालयमा प्रत्येक बर्ष हुने सरस्वती पूजामा संकलित रकम बैंकको खातामा जम्मा गर्दै आएका छन् । सोही बैंकको ब्याजले प्रत्येक बर्ष १ जना छात्रा र १ जना छात्रलाई छात्रवृत्ति बापत रकम प्रदान गर्दै आएका छन । यस पटक पनि संकलित रकम विद्यालय संचालक अशोक फुयलले गुरु बुदीनाथ लम्साललाई हस्तान्तरण गरेका छन् । संकलिन रकम शुक्रबार सरस्वती पूजा समापन कार्यक्रममा हस्तान्तरण गरेका हुन ।

सरस्वती पूजाको अवसरमा अक्षरारम्भ

जेनिथ इङ्लिस स्कुलले विविध कार्यक्रम गरी सरस्वती पुजा समापन गरेको छ । बिहिबार श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्यालयमा नयाँ भर्ना हुन आउने बालबालिकालाई अक्षरारम्भ गराएका थिए । शिक्षकहरुले बालबालिकालाई वाईट बोर्डमा क, ख र ए, बि सि, डी अक्षर लेखाएका थिए । विद्यालयले भर्नाहुन आउने बालबालिकालाई कपि, पेन्सिल प्रदान गरेका थिए ।

भोलि पल्ट कालिकोशी सिमसारमा सरस्वती पूजाको कार्यक्रम समापन गरिको थियो ।

 

सम्बन्धित खवर