एमालेको मिसन ग्रासरुट कानेपाखरीमा सुरु

फागुन १७ गते, कानेपोखरी । नेकापा(एमाले) कानेपोखरीले पार्टी सुढृढिकरण तथा विस्तार अभियान(मिसन ग्रासरुट) सुरु गरेको छ ।

मंगलबार गाउँ कमिटिको भेला खाख्दै एमालेले केन्द्रिय सकुर्लर अनुसार चैत ३० गते सम्मको संगठनात्कम कार्यको तालिका सार्वनिक गरेको हो । विभिन्न समयमा विद्यालय सरसफाई, वृक्षारोपन, सहकारी नेतृत्व भेला, जनप्रतिनिधिहरुको भेला प्रशिक्षण, जनसंगठनहरुको प्रशिक्षण, जनतासँग जनप्रतिनिधि, माईन्युट लेखन तथा उद्घोषण, टोलभेला, पार्टी सदस्य नवीकरण, जेष्ठ नागरिक सम्मान, रक्तदान, वडा अधिवेशन जस्ता कामहरु सम्पन्न गर्नुपर्ने तालिका रहेको छ ।

गाउँपालिकाको ७ वटै वडा अधिवेशन चैत भित्र गरिसक्नु पर्ने भएको छ । चैत १८ गते वडा नं. २, चैत २२ गते वडा नं. १ र ३, चैत २३ गते वडा नं. ४, चैत २४ गते वडा नं. ५ र चैत २५ गते ६ र ७ नम्बर वडा अधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ । वडा अधिवेशन भन्दा अघि सवै कामहरु गरिसक्नु पर्ने रहेको छ ।

जनतासँग जनप्रतिनिधि चैत १५ गतेदेखी २१ गते सम्म ७ वटै वडामा कार्यक्रम गरिसक्नुपर्ने छ ।

यी कार्यक्रमहरु सफल बनाउन जिल्ला कमिटि र प्रदेश कमिटिका सदस्यहरुलाई उत्प्रेरक तोकेको छ । वडा नं. १ मा प्रदेश कमिटिबाट लक्ष्मी फुयल, जिल्ला कमिटिका सदस्य नविन पौडेल, गाउँ कमिटिका सचिव चरण गुरुङ रहेका छन् ।

वडा नं. २ मा प्रदेश कमिटिबाट मधु गुरुङ, जिल्ला कमिटिबाट दानबहादुर बस्नेत र गाउँ कमिटिबाट चरण गुरुङ रहेका छन् । त्यसैगरी वडा नं. ३ मा प्रदेश कमिटिबाट लक्ष्मी फुयल, जिल्ला कमिटिबाट खेमकुमारी दाहाल र गाउँ कमिटिबाट चरण गुरुङ रहेका छन् । त्यसैगरी वडा नं. ४ मा प्रदेश कमिटिबाट केशव पोख्रेल, जिल्ला कमिटिबाट भोला प्रसाद अधिकारी र गाउँ कमिटिबाट सुशिल बुढाथोकी रहेका छन् ।

त्यस्तै वडा नं. ५ मा प्रदेश कमिटिबाट केशव पोख्रेल, जिल्ला कमिटिबाट भोला प्रसाद अधिकारी र गाउँ कमिटिबाट सुशिल बुढाथोकी रहेका छन् । वडा नं. ६ मा प्रदेश कमिटिबाट केशव पोख्रेल, जिल्ला कमिटिबाट नविन पौडेल र गाउँ कमिटिबाट सुशिल बुढाथोकी रहेका छन् । त्यसैगरी वडा नं. ७ मा प्रदेश कमिटिबाट डम्बर चोङवाङ, जिल्ला कमिटिबाट भूपाल श्रेष्ठ र गाउँ कमिटिबाट सुशिल बुढाथोकीलाई उत्प्रेरक तोकेको छ ।

 

 

 

सम्बन्धित खवर