पथरी शनिश्चरे ४ नं. वडामा जग्गाको नापी कार्य सुरु

भदौ ३, पथरी । मोरङको पथरी शनिश्चरे –४ मा जग्गा नापी कार्य सुरु भएको छ । जग्गाको नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरूको वडामा प्रथम पटक नापी कार्य सुरुवात गरिएको हो ।

आइतबार वडा नं. ४ को सन्देश चौकबाट प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको छ । नापी कार्यमा नगर पालिकाका प्रमुख मोहनप्रसाद तुम्वापा, भूमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशिला घिमिरे, भूमि आयोग जिल्ला समिति सदस्य पे्रमराज भारती लगाएत उपस्थित रहेका थिए ।

नगरप्रमुख तुम्बापोले सौहार्दपूर्ण वातावरणमा नापी कार्य सम्पन्न होस् साथै वडावासीको सहकार्यमा जति सक्दो चाँडो कार्य सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । नापी कार्यमा वडाका वडाध्यक्ष लोकनाथ न्यौपाने, वडा सचिव भावना श्रेष्ठ पनि उपस्थित रहेका थिए । नापी सुरु भएको दिन वडाका वडादस्यहरु र स्थानीय वडावासीहरुको बाँक्लो उपस्थिति रहेको थियो ।

जग्गा नापी कार्य वडा नं. ८ मा केही महिनाअघिदेखि नै सञ्चालन भइरहेको छ भने अन्य वडाहरूमा पनि हुने तयारी भइरहेको नगर प्रमुख तुम्वापोले जानकारी गराए । वडामा १ नं. ब्लकबाट जग्गा नापी सुरु गरिएको हो ।

 

सम्बन्धित खवर