इन्ट्रा फाउण्डेसनको सहयोगमा भुटानी शिविरमा स्वास्थ्य केन्द्रको शिलान्यास, एम्बुलेन्स पनि प्रदान

भदौ ८, पथरी । मोरङको पथरी शनिश्चरे –१० स्थित भुटानी शिविरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ ।

विहिबार नगरप्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, वडा नं. १० का वडा अध्यक्ष जीवन घिमिरे र इन्ट्रा फाउण्डेनको तर्फबाट उपाध्यक्ष भूपालमान अधिकारीले संयुक्त रुपमा शिलान्यास गरेको हो ।

नगरप्रमुख तुम्बापोले जस्तोसुकै परिस्थितिमा पनि अफ्ठ्यारोमा, महामारीमा नगरले सहयोग प्रदान गरिरहेका बताए । उनले भावी दिनमा पनि यही सदासहायता हामी बीच कायम रहने बताए ।

त्यस्तै इन्ट्रा फाउण्डेसन नेपालका अध्यक्ष डिल्ली अधिकारीले शिविरवासीलाई सक्ने जति सहयोग गरिरहेका छौं । उनले भने –‘यहाँ अब स्वास्थ्य चौकीका आज शिलान्यास भएको छ । हामीले प्राथमिक उपचार उपलब्ध गराउनु मात्र पनि सामाजिक कार्य गरेका छौँ । यस क्याम्पमा सधैं सहयोग गरिरहनेछौं।’

यस अघि पथरी शनिश्चरे नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ्चालन र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको थियो ।

परियोजना अन्तर्गतको एम्वुलेन्स नगरपालिकाद्वारा संचालित पथरी नगर अस्पतालको मातहतमा राखि शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई लक्षित र प्राथमिकतामा राख्ने गरी सम्पूर्ण व्यवस्थापन र संचालनको लागि सम्झौता भएको छ ।

भुटानी शरणार्थी सहायता तथा विश्वव्यापी नेपाली भाषा, कला, संस्कृति सम्बद्र्धन तथा प्रवद्र्धन परियोजना अन्तर्गत एम्वुलेन्स सेवा स्वास्थ्य सेवा केन्द्रमा नै राख्ने गरी शरणार्थी शिविरमा रहेका व्यक्तिहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो र इन्ट्रा फाउण्डेनको तर्फबाट उपाध्यक्ष भूपालमान अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका गरेका थिए ।

शिलान्यास कार्यक्रममा भूटानी शरणार्थी शिविर क्याम्प सचिव चम्पासिंह राई, नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, इन्ट्रा फाउन्डेसन नेपालका संयोजक राम बानिया, कलाकारहरु, सुरक्षाकर्मी, बुद्धिजिवी तथा वडावासीहरुको उपस्थिति थियो ।

सम्बन्धित खवर