भदौ १०, लेटाङ । पहाडी ग्रामिण विकास संस्था हर्डनको आयोजनामा “बाल विवाह न्युनिकरणको लागि सरोकारवालाहरुसंग अन्त्तरक्रीया कार्यक्रम गरिएको छ ।
किण्डर मिशन वर्क जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास सञ्जाल ललितपुरको साझेदारीमा शनिबार लेटाङ बजारमा अन्र्तरक्रिया गरेको हो । कार्यक्रममा लेटाङका निजी तथा सामुदायिक स्कुलका बाल क्लबमा आवद्ध छात्राछात्र र प्रधानाध्यापकहरुको उपस्थित रहेका थिए ।
कार्यक्रममा नगर प्रमुख भुपेन्द्र कुमार लावतीले बालबालिकालाई मात्र नभएर बालबालिकाको अभिभावकहरुलाई पनि बाल विवाह सम्बन्धी जनचेतना दिनुपर्ने, छलफल गर्नुपर्ने बताएका छन् । उनले अशिक्षा, गरिबी, बसोबास, खानपिन र पुरानो संस्कृती मान्ने चलनको कारणले पनि बाल विवाह हुनेगरेको बताए । मेयर लावतीले बाल विवाह न्युनिकरणको लागि लेटाङ नगरपालिकाले आमाबाबु विहिन बालबालिकाको लागि अनिवार्य शिक्षा कार्यक्रम लागु गरेको बताए ।
कार्यक्रममा लेटाङ नगरका शिक्षा शाखा प्रमुख कृष्णराज राईले लेटाङमा बाल विवाहका अबस्था र कारणहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । २०६८ को जनगणना अनुसार लेटाङ नगरमा २० भन्दा कम उमेरमा विवाह गर्ने पुरुष ४० प्रतिशत र महिला ६८ प्रतिशत रहेको र मधेशी समुदाय, दलित, जनजाती र मुस्लिम समुदायमा अन्य समुदायको तुलनामा बालविवहा बढी हुने गरेको कार्यपत्र प्रस्तुत गरेका थिए ।
बाल विवहा न्यूनिकरण साथै बालबालिकाको क्षमता विकासका लागि नगरको सबै विद्यालयहरुमा बाल क्लबहरु गठन भएको छ । पहाडी ग्रामीण विकास संस्था हर्डनको सहयतामा वडा नं. १,२ ७ र ८ मा साथी शिक्षक, वृह्रद यौनिकता शिक्षा, बालक्लबको क्षमता बिकास सञ्चालन गरिरहेको बताए । त्यस्तै नगरले समुदाय साझेदारी कार्यक्रम, छात्रासँग उपमेयर र किशोरी सशक्तिकरण र सुरक्षा सचेतना कार्यक्रम गरिरहेको कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।
बालविवहा परिवार भित्रकै कारणले पनि हुने गरेको छ । मोवाइलको बढी प्रयोग, कम्जोर आर्थिक अवस्था तथा गरिवी, कमजोर शैक्षिक गुणस्तर, विभिन्न समुदायमा परम्परागत प्रचलनहरुको प्रभावका कारण गलत संस्कारको प्रयोग जस्ताले बालविवाह हुने गरेको कार्यपत्रमा उल्लेख छ ।
कार्यक्रममा मेनुका आचार्यले लेटाङ नगरमा पहिलेको भन्दा अहिले दुई गुणा बढी बालविवाह रहेको बताइन् । उनीले नगरमा वाल सुधारगृहको आवश्यक रहेको र त्यो काम नगरपालिकाले गर्नुपर्ने बताइन् । त्यस्तै अन्य बालविवाह न्यूनिकरणको बारेमा देबराज सापकोटा, भोलानाथ पाण्डे, हरि प्रसाद धिमाल, श्रीप्रसाद ढकाल, फम कुमार मगर, मेनुका आचार्यल र ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक भिमलाल ओलिले आफ्नो बिचार राखेका थिए ।
कार्यक्रममा हर्डनका सचिब चन्द्र बहादुर राईको अध्यक्षता र सुरेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।