नगर स्तरीय अन्तरविद्यालय सामुहिक लोक नृत्य प्रतियोगितामा रेडस्टार मावि प्रथम

भदौ २९, पथरी । ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरस्तरीय अन्तरविद्यालय सामुहिक लोक नृत्य प्रतियोगितामा रेडस्टार मावि प्रथम भएको छ ।

शुक्रबार पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार माविले प्रथम उपाधि चुमेको हो । प्रतियोगितामा एभरेष्ट अंग्रेजी आवासीय मावि दोस्रो भए । त्यस्तै वाल्मीकि मेमोरियल आवसीय मावि तेस्रो भएका थिए । प्रथम हुनेलाई ९ हजार, द्धितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यक्रमको विशिष्ट अतिथि नगरपालिकाका उपप्रमुख देवीमाया काफ्लेले नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

नगर बाल संञ्जालका अध्यक्ष मुरारी प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्वापो र विशिष्ट अतिथि उपप्रमुखको देवीमाया काफ्लेले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले गत शैक्षिक सत्र २०७९ का लागि नगरका संस्थागत तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई नगरपालिका मातहतमा संचालित कक्षा –५, ८ र १० एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले फूल, अबिर, नगद सहित छात्राछात्रलाई पुरस्कृत गरेका थिए ।नेपालका तीन नाष्ट नामक वैज्ञानिकहरूको साझा संस्थाबाट छनौटमा पर्न सफल पथरीशनिश्चरे–३ निवासी त्रिसव तिम्सिनालाई नगरकार्य पालिकाको बैठकले पारित गरेको ५० हजार रुपैयाँ नगद प्रदान गरि सम्मान गरिएको थियो ।

संस्थागत विद्यालयबाट एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्ने प्याराडाईज ईंङ्लिस बोर्डिङ स्कुलबाट ३.९५ जिपीए ल्याउन सफल निष्फल काफ्ले र सामुदायिक विद्यालयहरुबाट पञ्चायत माविबाट ३.८ जिपिए प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विभिन्न तहगत नतिजामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्राछात्रहरुलाई पुरस्कृत गरिएको थियो ।

बडाध्यक्षहरु नैना साम्पाङ राई, जीवन खतिवडा, उद्धव बस्नेत र कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, सीता भुसाल, विभिन्न विद्यालयहरुका शिक्षाक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर