रमाइलो चोकमा भोली देखि दोस्रो कानेपोखरी महोत्वस सुरुहुर्दै

असोज १०, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिका –६, स्थित रमाइलो चोकमा भोली विहिबार देखि दोस्रो कानेपोखरी महोत्वस २०८० सुरु हुने भएको छ ।

आज रमाइलो चोकमा महोत्सव आयोजक टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव लाग्ने बारेमा जानकारी गराएको हो । रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा महोत्सव सुरुहुन लागेको महोत्सव आयोजक समितिका संयोजक तथा रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले जानकारी गराए ।

महोत्सव असोज ११ गते देखी सुरु भएर २४ गते समापन हुने छ । महोत्सव प्रत्येक दिन साँझ ६ बजे सुरु भएर रातको ९ः३० बजे गरिने आयोजक समितिले पत्रकार सम्मेलनमा बताए । प्रत्येक दिन राष्ट्रिय कलाकारहरु मेलिना राई, प्रमोद खरेल, रचना रिमाल, शिव परियार, प्रिती आले, एलिना चौहान, ज्योति मगर र हाँस्यकलाकारहरुले मनोरञ्जन दिने छन् । स्विकृत खेलहरु बाहेका अरु कानुनले प्रनिबन्धीत खेलहरु नरहने आयोजक समितिका संयोजक नविन पौ्यालले बताए । राष्ट्रिय कलाकारहरु आएको दिन मात्र गेटपासको टिकट लाग्ने अन्य दिन टिकट नलाग्ने बताएका छन् ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, स्थानीय उत्पादन फुड फेस्टिभल मुख्य आर्कषर्णको रूपमा रहने छन् । महोत्सव रमाइलो चोकको पूर्वपटि रहेको खाली जग्गामा लाग्न लागेको हो । महोत्सवमा स्टलहरु रहने छ । गत बर्ष महोत्सव भदौ १२ गते देखी सुरु भएर २७ गते समापन भएको थियो ।

कानेपोखरी व्यापार संघ लगाएत संयुक्त भवन निर्माणको लागि महोत्सव आयोजना भईरहेको हो । भवनमा रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त कार्यालय रहने आयोजकले बताएका छन् । रमाइलो चोकदेखी उत्तरमा जम्मा १० कट्ठा जग्गामा ४ कट्ठा नम्बरी रहेको छ । त्यो जग्गा प्राप्तीको अन्तिम तयारी रहेको र माटो परीक्षणको लागि साढेँ तीनलाख रकम कानेपोखरी गाउँपालिकाले सहयोग गरेको कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयलले बताए । डिपिआरको अन्तिम तयारी रहेको छ ।

रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्याल, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल, जेसिज रमाइलोका अध्यक्ष मात्रीका कोइराला र लायन्स क्लब अफ कानेपोखरीका अध्यक्ष अमरमणी घिमिरे लगाएतले संयुक्तरुपमा पत्रकार सम्मेलनको गर्दै आगामी योजना सुनाएका थिए । कार्यक्रम संचालन एविन्द्र पाठक रहेका थिए । कार्यक्रममा रमाइले जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयल, कुमार फुयल, सुनिल पराजुली, रोहिन्द्रराज भण्डारी, अशोक फुयल लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर