अमेरिकी सैनिक क्याम्पमा इरानको मिसाइल हमला

इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले हवाई आक्रमण गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको जनाएको छ ।

आक्रमण बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल ब्रिफिङ भइरहेको छ। आक्रमणमा भएको क्षति बारे कुनै सूचना सार्वजनिक गरिएको छैन । इरानको सरकारी टेलिभिजनमार्फत पहिलोपटक आक्रमणको समाचार प्रसारण भएको थियो ।

इरानले अमेरिकाको साथ दिए आफूविरुद्ध उभिने कुनै पनि राष्ट्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शुक्रवार इराकमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो ।

इरानले त्यस लगत्तै कस्सिमको ुहत्याु को बदला लिने घोषणा गरेको थियो। इरानी संसदले अमेरिकी सेना र पेन्टागनलाई आतंककारी समूह घोषणा गरेकै दिन इरानले अमेरिकी क्याम्पमा हवाई आक्रमण गरेर बदला लिएको हो। अमेरिका र इरानबीच बढ्दै गएको तनावले मध्यपूर्वमा युद्धको खतरा सिर्जना भएको छ । यसैबीच आक्रमणपछि नाटो र क्यानडाले इराकमा रहेका आफ्नो सैनिकलाई स्थानतरण गर्ने घोषणा गरेको छ । अनलाइबाट

सम्बन्धित खवर