मंसिर २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको दोस्रो दिनको खेलमा हेरिका न्युस्टार फुटबल क्लबलाई पराजित गर्दै सिरिजङ्गा फुटबल क्लबले तीन अंक जोडेको छ ।
शुक्रबार भएको खेलमा खेलको ३३ औँ मिनेटमा सिरिजङ्गा फुटबल क्लबका दिलकुमार याक्सोले १ गोल गरेका थिए । सिरिजङ्गाको तर्फबाट जर्सी नं. ९ का दिलकुमार याक्सोले गरेको गोल नै निर्णाय बनेपछि तीन अंक प्राप्त गरेको हो ।
खेलको म्यान अफ द म्याच बिजेता सिरिजंङ्गा फुटबल क्लवका बिबेक आङ्देम्बे लिम्बू घोष्ति भए । उनलाई पथरी स्पोटिङ्ग क्लबका अध्यक्ष धनकुमार तामाङ्गको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।
खेलको ६५ औँ मिनेटमा सिरिजङ्गाका सुवास तामाङले गरेको आकर्षक प्रहारलाई हेरिकाका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । शनिबारको खेल १० नबोदय र देबिगन्ज फुटबल क्लबबीच प्रतियोगित हुने आयोजक समितिका सचिव मनि लुम्फुङ्वा लिम्बूले बताए । ।
खेल हुनु अघि पथरी स्पोर्टिङ्ग क्लबका अध्यक्ष धनकुमार तामाङ्गको प्रमुख अतिथ्यमा औपचारिक कार्यक्रम भएको थियो । सुरुमा वितरित खेल तालिका परिवर्तन भएर आज सिरिजङ्गा र हेरिका न्युस्टार फुटबल क्लबको प्रतिष्प्रर्धा भएको थियो ।यस खेलमा विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लब सहभागी हुने आयोजक समितिका अध्यक्ष संजिव गिरीले बताए ।
खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर, वेस्ट कोच र वेस्ट गोलकर्तालाई पनि ५ हजारको दरले पुरस्कृत गर्ने जनाएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ ।