नेशनल लाइफद्धारा ५० लाख उपचार खर्च प्रदान

बैशाख १७ गते, कानेपोखरी । नेशनल लाइफ इन्स्योरेन्सले सुनसरीको इटहरी –४, निवासी साइमन राईलाई उपचार खर्च बापत ५० लाख रकम प्रदान गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कोशी प्रदेश प्रमुख नरेन्द्र राईले घातक रोग उपचार खर्च राईलाई शुक्रबार हस्तान्तरण गरेको हो । राई बैदेशीक रोजगारका लागि दुबईमा रहेका बेला २०७९ पुसमा घाँटीको क्यान्सर प्रमाणित भएको थियो । क्यान्सर प्रमाणित भएपछि इन्स्योरेन्स कम्पनीमा उपचार खर्च दावि गरेका थिए ।

राईले २०७६ कात्र्तिक २९ गते अमृत बर्षा बिमा योजना रु ५० लाख प्रारम्भ गरेका थिए । उनले ६ लाख २९ हजार ६ सय ५० रुपैया रकमका दरले वार्षिक प्रिमियम ४ किस्ता बुझाई सकेका छन् । अव राईको जीवन विमा सुचारु हुने कोशी प्रदेश प्रमुख नरेन्द्र राईले बताए । चार बर्ष पुरा भएपछि १६ लाख ६५ हजार, सात बर्ष पुरा भएपछि १६ लाख ६५ हजार, १० बर्ष पुरा भएपछि १६ लाख ७० हजार र १० बर्षको बोनस गरी जम्मा ४९ लाख पाएपछि मात्र विमा समाप्त हुने प्रमुख राईले बताए ।

विमा परिपक्क हुन बाँकी रहेको ६ बर्ष सम्म विमित राईको दोहोरो दुर्घटना लाभ सहित जोखिम पनि कम्पनीले बहन गरिरहने कम्पनीको निमय रहेको छ ।

सम्बन्धित खवर