भाद्र १२, विराटनगर । विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजका मनिष कुमार साहले व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम भएको छ ।
साहले राष्ट्रिय परीक्षाबोर्डले लिएको कक्षा १२ को परीक्षामा ३.९२ जिपिए ल्याई व्यवस्थापन संकायमा प्रदेश प्रथम भएका हुन् । त्यस्तै विज्ञानतर्फ उच्चतम ३.८६ जिपिए ल्याएको छ । दुवै सङ्कायतर्फ उत्कृष्ट नजिता आउनुमा वर्षै भरी कलेजले सञ्चालन गर्ने फ्री कोचिङ्ग तथा विद्यार्थी र शिक्षकको लगनशीलता नै प्रमुख रहेको कलेजका सञ्चालक भारवी न्यौपानेले बताए ।
वि.सं. २०७१ मा स्थापित भई ग्रीनल्याण्डले विज्ञान र व्यवस्थापन सङ्काय सञ्चालन गर्दै आइरहेको रहेको छ । कलेजले स्थापना वर्षदेखि नै शिक्षा क्षेत्रमा नयाँ–नयाँ आयामहरु थप्दै आएको कलेजले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको नतिजासँगै यस कलेजका विद्यार्थीहरु वर्षेनी विभिन्न विश्वविद्यालयद्वारा सञ्चालित इन्जिनियरिङ्ग, एम.बि.बि.एस.तथा वि.वि.ए.मा समेत अत्याधिक संख्यामा पूर्ण छात्र वृत्तिमा नाम सफल रहेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । यसै वर्ष मात्र एम.बि.बि.एसमा ११ जना, वि.डि.एसमा ९ जना, बि.एस.सि. नर्सिङ्गमा ९ जना,
इन्जिनियरिङ्गमा ४२ जना र वि.वि.ए.मा २१ जना पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको प्रिन्सपल पोखरेलले बताए । अत्याधिक विद्यार्थीहरु छात्रवृत्तिमा नाम निकाल्न सफल प्रदेशको एक मात्र ग्रीनल्याण्ड कलेज रहेको कलेजले दावी गरेको छ ।