शिखर एफसी र देवीगञ्ज समूह चरणबाट बाहिरियो

पुस ३ गते, पथरी । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सबर्ग पथरीशनिश्चरे फुटबल प्रिमियर लिग प्रतियोगितामा शिखर एफसी र देवीगञ्ज फुटबल क्लब समूह चरणबाट बाहिरिएको छ ।

शुक्रबार भएको खेलमा शिखर एफसीलाई स्तब्द बनाउदै हेरिका न्यूस्टार बिजयी भएपछि शिखर एफसी समूह चरणबाट बाहिरिएको छ । तेस्रो चरणको पहिलो खेलमा खेल जितेसँगै हेरिका न्यूस्टारले लिगमा ४ अंक बनाएको छ भने समूह ‘ए’ बाट खेलेका शिखर एफसी खेलमा हार व्यहोरेसंगै १ अंकमै सिमित भएपछि समूह चरणबाट बाहिरिएको हो ।

पहिलो चरणको खेलमा शिखर एफसी फुटबल क्लब र हिमाअस हाइवे फुटबल क्लब विच २ बराबर गोल गर्दै १–१ अंक बाँडेको थियो । त्यसैगरी दोस्रो चरणको खेलमा शिखर एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजंगा फुटबल क्लब लिगको उच्च अंक बनाएका थिए ।

त्यसैगरी समूह ‘बी’ बाट दुई खेल खेलेको देवीजञ्ज फुटबल क्बल पनि समूह चरणबाट आउँट भएको छ । यो समुहका देविगन्जले लिगको एउटा खेल खेल्न बाँकी भएपनी नकआउटमा जाने संभावना सकिएकोे छ ।

लिगको पहिलो चरणको खेलमा देवीगञ्ज फुटबल क्लबलाई शून्यको विरुद्ध २ गोलको अन्तरले टेन नबोदय फुटबल क्बल विजयी भएको थियो । दोस्रो चरणको खेलमा देवीगञ्जलाई ३–२ गोल अन्तरले पराजित गदै द रिअल ब्रोदर्स विजयी भएको थियो ।

तेस्रो चरणको पहिलो खेल सकिदा समूह ‘ए’ मा रहेको सिरिजंगा ६, हेरिका न्युस्टार ४ र हिमाअस हाइवेको २ अंक रहेको छ । हेरिका न्युस्टारले भने नकआउट चरणमा जान हिमाअस हाइवेको नतिजा कुर्नु पर्ने भएको छ । त्यस्तै समूह ‘बी’मा रहेको टेन नबोदय ६, द रियल ब्रोदर्स ४, बाईजीएफटी १ अंक रहेको छ ।

शिखर एफसीलाई स्तब्द बनाउदै हेरिका न्यूस्टार बिजयी
शुक्रबार भएको तेस्रो चरणको पहिलो खेलमा शिखर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै हेरिका न्युस्टार बिजयी भएको हो । खेलको ६ औँ मिनेटमा हेरिका न्यू स्टारका विवेक लिम्बूले लगाएको गोल नै निर्णायक गोल बनेको थियो । हेरिकाको मिन धिमालले दिएको पासलाई सदुपयोग गर्दै लिम्बुले हेडिङ मार्फत उत्कृष्ट गोल गरेका थिए ।

नकाआउट चरण प्रबेश गर्न दुबै टिमलाई प्रेसर भएको कारण मध्यान्तरपछिको खेल निक्कै रोमान्चक भएको थियो । यद्यपि मध्यान्तरपछि दुबै टिमले गोल भने गर्न सकेन । खेलको म्यान अफ द म्याच हेरिका न्युस्टार कै खेलाडी महेन्द्र मगर घोषित भए ।

शनिबारको तेस्रो चरणको दोस्रो खेल हिमाअस हाइवे र सिरिजंङ्गा बीच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक संजिप गिरीले बताए । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

सम्बन्धित खवर