वाईसिएल कानेपोखरीको अध्यक्षमा अनिल धिमाल सर्वसम्मत

असोज ४, कानेपोखरी । नेकपा माओवादी केन्द्रको भात्री संगठन योङ्ग कम्युनिष्ट लिग वाइसिएलको प्रथम कानेपोखरी गाउँपालिका अधिवेशन सम्पन्न भएको छ ।

बुधबार रमाइलोमा भएको अधिवेशनले अनिल धिमालको अध्यक्षतामा ५५ सदस्य गाउँकमिटी सर्वसम्मत चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा नबराज चम्लागाई, सचिवमा सुवास पाण्डे, सहसचिवमा बालकुमार बस्नेत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डम्बर खत्री, श्याम धिमाल, नबराज विष्ट लगाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य सरस्वती पोखरेल, विशिष्ट अतिथि वाईसियल केन्द्रिय सदस्य अनु राई, जिल्ला इन्चार्ज दिपक आलेमगर र अतिथिहरु नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटी अध्यक्ष दुर्गा बहादुर कार्की लगाएत रहेका थिए ।

घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नाराका साथ अहिले माओवादी पार्टीले अभियान संचालन गरिरहेका छन् ।

संविधान दिवसको अवसरमा माओवादी पार्टीको आयोजना र वाईसिएल संयोजनमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा १४ पिन्ट रगत संकलन भएको माओवादी पार्टी कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले बताए । कार्यक्रम रचनमान गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर