शुक्रबार, फाल्गुन २९, २०८२

झापामा मेयरमाथी हातपात, सिटौला पक्राउ

२५ फागुन, दमक । झापा स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात भएको छ । सोही नगरपालिका–५ बस्ने वर्ष ३४ को भीष्म सिटौलाले हिजो साँझ ६ बजे हातपात गरेको हो । सिटौलालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

हिजो साँझ ६ बजेतिर सिटौला ‘मलाई प्रकाश सरले पठाउनुभएको’ भन्दै मेयर सुवेदीको घरमा पुगेका थिए । उनले पनि शुरुमा ‘ठीकै छ’ भनेर वास्ता गरेका थिएनन् । ‘त्यसपछि मैले खाना खाएँ, खाना खाइसक्दासम्म पनि त्यो मान्छे च्यानल गेटबाहिर बसिरहेको थियो’, सुवेदी भन्छन्, ‘जुत्ता लगाएरै भित्र आएपछि मैले उसलाई बाहिर जाऊ भनें, त्यसपछि उसले बाहिर निस्की भन्दै धम्क्याउन थाल्यो ।’

मदिराले मात्तिएको अवस्थामा रहेका सिटौलाले कुनै ठोस कुरा भने गरेनन् । मैले के कुरा हो भन भन्दा पनि उसले केही भनेन, बाहिर निस्की मात्रै भनिरह्यो, त्यसपछि मैले पुलिसलाई फोन गरेजस्तो गरे’ सुवेदीले सुनाए । त्यसलगत्तै सिटौलाले देब्रे गालामा हिर्काएको उनको भनाई छ ।
‘मैले आजका दिनसम्म पनि त्यो मान्छे चिनेको थिइन, किन आयो, कुन नियतले आयो, राजनीतिक कारण पनि हुनसक्छ ।’

मेयर सुवेदीले सिटौलालाई आजसम्म नचिनेको बताउँदै विरोधी दलले पठाएको हुनसक्ने अनुमान गरेका छन् । उनले अघि थपे, ‘मैले आजका दिनसम्म पनि त्यो मान्छे चिनेको थिइन,किन आयो,कुन नियतले आयो, राजनीतिक कारण पनि हुनसक्छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सिटौला केही साताअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएको खुलेको छ । उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले बताएका छन् ।

https://www.facebook.com/share/v/1CT75yZNRC/

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.