२८ फागुन, काठ्माडौं । नेकपा एमालेको कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । थापाको हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । मनिपाल शिक्षण अस्पताल स्रोतले थापाको निधन भएको जानकारी दिएको थियो ।
निर्वाचन समीक्षा बैठकमा आफ्नो भनाइ राखेर कुर्सीमा बस्ने क्रममा ढलेका थिए । मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा एक्कासि ढलेका उनलाई सँगै रहेका नेता टिकाराम पङ्गेनी लगायतका नेताहरूले तत्कालै मणिपाल शिक्षण अस्पताल पु¥याएका थिए । थापाको शव अस्पतालमै राखिएको छ ।
बैठकमा चुनावको समीक्षा भएको थियो । कास्की क्षेत्र नम्बर १ को समीक्षामा उनले पार्टीले व्यहोरेको क्षतिबारे आफूले पूरा जिम्मेवारी लिने बताएका थिए । उनलाई टिकट वितरण र चुनावमा भएको पराजयबारे प्रश्न उठाएका थिए । थापालाई कास्की २ को सुरुमा टिकट दिए पनि पछि आलोचना भएका कारण रश्मिलाई दिइएको थियो ।



