
१३ फागुन, पथरी । मोरङको पथरी शनिश्चरे–१ स्थित पथरी बजारमा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयको ४० औँ अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न भएको छ ।
सोमबार र मंगलबार सम्पन्न कार्यक्रममा पहिलो दिन विभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रमका साथ सम्पन्न भएको थियो भने दोस्रो दिन “कुशल अभिभावकत्व” विषयक कार्यशाला सम्पन्न भएको थियो ।
पहिलो दिनको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो । प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्वापो साथै विशिष्ट अतिथिहरुले पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । कार्यक्रममा सह–प्राचार्य उमाकान्त न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीहरूले विभिन्न अंग्रेजी तथा नेपाली राइम्स, नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए । विद्यार्थी सुलभ तिमसिना, स्वस्तिका नेपाली र प्रमिशा चौहानले मन्तव्य राखेका थिए । साथै पूर्वाञ्चल न्यत Talent मा सहभागी गरिमा मगरको नृत्य, कराँते प्रदर्शन, र्याम्प शो तथा विद्यालय गीत कार्यक्रमका आकर्षण बनेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तुम्बापोले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सहकार्य आवश्यक रहेको बताउनु भयो । उनले विद्यालय–अभिभावक सम्बन्ध सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
विशिष्ट अतिथि वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर र अनुशासनको प्रशंसा गर्नुभयो । प्राचार्य कमल तिमसिनाले विद्यालयको वार्षिक प्रगति र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो । निर्देशक रविन कन्दङ्वाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका सभापति रूपनारायण भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा कक्षा १ देखि ११ सम्मका विद्यार्थीहरूले सामूहिक तथा एकल नृत्य, गीत, नाटक र वाद्यवादन प्रस्तुत गरेका थिए । “साकेला”, “राउटे डान्स”, “माइतीघर”, “मयुर डान्स” लगायत सांस्कृतिक प्रस्तुति र “सिंह र खरायो”, “छट्टु स्याल”, “डम्बरी” जस्ता नाटकले दर्शकको मन जितेका थिए ।
त्यस्तै दोस्रोको कार्यक्रम “कुशल अभिभावकत्व” विषयक एक दिने कार्यशालामा अभिभावकहरूलाई बालबालिकाको सर्वाङ्गीण विकास, पारिवारिक वातावरणको भूमिका, सकारात्मक अनुशासन, स्वास्थ्य, शिक्षा तथा संस्कार सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय शिक्षाको अभ्यास गर्दै विद्यालय–अभिभावक सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखिएको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यशालामा Everest International Management Consultancy & Training Agency Pvt को सहकार्य रहेको थियो । सहभागी अभिभावकहरूले कार्यशालाले आफूहरूलाई बालबालिकासँगको व्यवहार, मार्गदर्शन र निगरानीका विषयमा थप सचेत र जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् ।
विद्यालयले आगामी दिनमा पनि यस्ता सचेतना मूलक तथा अभिभावक–शिक्षक सहकार्यका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ ।



