आमाको नामबाट नागरिकता पाउने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र

असोज ५ गते, कानेपोखरी । माओवादी पार्टी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) कानेपोखरी गाउँ कमिटिले आमाको नामबाट नागरिकता पाउने व्यवस्था मिलाउन माग गर्दै कानेपोखरी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार संघका संयोजक तारा ओझा सहित पार्टी प्रतिनिधिले गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेलाई भेटी १२ बुदे ज्ञापन पत्र बुझाएको हो । संघिय गणत्रन्त प्राप्ती पछि मौलिक हक अन्तरगत महिला हक, समानताको हक र सामाजिक न्याय हक तथा आमाको नामबाट नागरिकता प्राप्त गर्ने लगाएतको हक व्यवहारमा लागु गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्रमा महिला हिंसा मुक्त गाउँपालिका घोषणा गर्नुपर्ने, छोरा सरह छोरीलाई पनि पैत्रीक सम्पतिमा समान अधिकार, सार्वजनिक संघसंस्था जस्तै स्कुल, हस्पिटल लगाएत क्षेत्रमा मद्यपान, ध्रुमपान र जुवातास निषेधित क्षेत्र घोषणा र माध्यामिक तह सम्म किशोर मैत्री वातावरण र निःशुल्क स्यानीटरी प्याडको व्यवस्था लगाएतको माग गरेका छन् ।

विज्ञप्ती हस्तान्तरण कार्यक्रममा पार्टीका प्रतिनिधि मनोजकुमार राजवंशी, प्रकास धिकाल, रत्नीमाया धिमाल र स्वस्तीका फुयल लगाएत उपस्थित भएका थिए ।

सम्बन्धित खवर