प्रिमियर लिगमा द रियल ब्रोदर र वाइ.जि.एफ.टी.बराबरी

मंसिर २८ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिगको आइतबार भएको फुटबल खेलमा द रियल ब्रोदर र वाइ.जि.एफ.टी. बराबरीमा टुङ्गिएको छ ।

खेलको ११ औँ मिनेटमा द रियल ब्रोदरका सुजन खत्रीले १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ८१ औं मिनेटको अतिरिक्त समयमा वाइ.जि.एफ.टी.ले पाएको पेनाल्टी सुटको सदुपयोग गर्दै निमन लिम्बुले गोल गर्दै अंक बराबरी बनाएको हो ।

खेलअवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको मध्यान्तर पछि रक्षात्मक खेलेको द रियल ब्रोदरले अग्रता जोगाउन भने सकेन । बराबरी खेलेपछि दुवैटिमले १–१ अंक बाँडेका हुन ।

खेलको म्यान अफ द म्याच वाइ.जि.एफ.टी.का खेलाडी संजय लिम्बु घोषित भए । संजय लिम्बुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रवक्ता तथा पथरीशनिश्चरे–२ का वडाध्यक्ष याम गुरागाईले पुरस्कार हस्तान्तर गरेका थिए ।

सोमबारको खेल हिमाअस हाइवे र हेरिका न्यूस्टार बिच हुने आयोजक कमिटिका सचिव मनी लुम्फुवाले बताए । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

 

 

सम्बन्धित खवर