वाख्रा पालक उद्यमीलाई ९ वटा ट्रली वितरण

असार २३ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले बाख्रा पालक उद्यमीलाई आज ९ वटा ट्रली वितरण गरेको छ ।

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर २ का नमूना लघु उद्यमी समूहका उद्यमीलाई वितरण गरेको हो ।
नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य निर्मला गदाल, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल सहितले नगरपालिका कार्यालयमा ट्रली वितरण गरेका थिए ।

पुराना उद्यमी स्तरोन्नती कार्यक्रम अन्तर्गत वाख्रा पालक कृषकलाई ट्रली वितरण गरिएको वरिष्ठ उद्यम विकास सहकर्ता सपना कार्कीले जनाए ।

सम्बन्धित खवर