शनिबार, जेष्ठ २, २०८३

बुद्ध माविका प्रधानाध्यापक सिग्देलले पदबाट दिए राजिनामा

२ जेठ, पथरी । मोरङको पथरी शनिश्चरे–८ स्थित बुद्ध माध्यामिक विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले राजिनामा दिएका छन् ।

शुक्रबार राजिनामा पत्र व्यवस्थापन समितिलाई बुझाउदै सिग्देलले प्रधानाध्यापक पदबाट राजिनामा दिएको हो । सिग्देल २०८४ कार्तिकमा शिक्षण सेवा पुरा गरी अवकाश हुदैछ ।

उता सहप्रधानाध्यक देबेन्द्र बस्नेतले विद्यालयमा विद्यार्थीहरुलाई खानेपानी व्यवस्था नगरेको, शौचालयमा पानीको व्यवस्था नगरेको, विद्यालयको रुखविरुवा बेचविखन गर्दा रकम हिनामिना गरेको लगाएतको आरोप लगाउर्दै पदबाट राजिना दिन दवाव दिदै आएका थिए ।

राजिनामा पत्रमा प्रधानध्यापक सिग्देलले हाल व्यक्तिगत तथा घरायसी कारणले उक्त जिम्मेवारी निरन्तर निर्वाह गर्न नसक्ने अवस्था आएको भन्दै पदबाट अलग हुने निर्णय लिएको जनाएका छन् । उनले आफ्नो कार्यकालमा विद्यालय सञ्चालनमा सबैको साथ र सहयोगले सम्भव भएसम्म राम्रो काम गरेको उल्लेख गर्दै बाँकी रहेका कमी–कमजोरीको जिम्मेवारी व्यक्तिगत रूपमा लिएको पनि बताएका छन् । साथै, आफ्नो राजीनामा स्वीकृत गरिदिन समितिसमक्ष विनम्र आग्रह गरेका छन्।

राजीनामा पत्रमा सिग्देलले २०६६ साल भदौ १६ गते तत्कालीन विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गरेका छन् ।

भखरै विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्य चयन भएका छन् । त्यसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गर्न बाँकी नै छ ।
लगभग साढें ३५० विद्यार्थी रहेको विद्यालयमा कक्षा १ देखी १२ सम्म कक्षा सञ्चालन भैरहेको छ । कक्षा १ देखी कक्षा ९ सम्म अंग्रेजी माध्यममा कक्षा संचालन भइरहेको छ भने कक्षा ७ देखि १० सम्म नेपाली माध्यमबाट पनि पढाइ भइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.