३ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी–६, स्थित जनसेवा माध्यामिक विद्यालयमा २ लाख बराबरको अक्षयकोष स्थापना भएको छ ।
वडा नं. ६ स्थित नर्सरीडाँडा निवासी शिक्षाप्रेमी पृथ्वीनारायण रिजालले आफ्नी स्वर्गीय पत्नी विष्णुदेवी रिजालको स्मृतिमा २ लाखको अक्षयकोष स्थापना गरेको हो ।
संस्थापक रिजाल र विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाबीच विद्यालयको “अक्षयकोष स्थापना र व्यस्थापन विनियमावली–२०७५” को अधिनमा रहने गरी गत वैशाख २४ गते सझौता भएको थियो ।
अक्षयकोषको ब्याजबाट कक्षा १२ मा प्रथम हुने १ छात्र र १ छात्रालाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने सम्झौता रहेको छ ।



