११ जेष्ठ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका छात्राछात्रलाई लक्षित गरी लोकसेवा कक्षा सुरु गरेको छ ।
वडा नं.–६ को जनसेवा माविको सभाहलमा आइतबार एक औपचारीक कार्यक्रम गरी कक्षा उद्घाटन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रशासन तथा योजना अनुगमन शाखा प्रमुख मचिन्द्र थलङ्ले उद्घाटन गरेका थिए । कार्यक्रम सोनाली मल्टिपर्पोज एण्ड ड्राइभिङ स्कुल प्रा.लि.का प्रमुख मनिस चापागाईंको अध्यक्षता सम्पन्न भएको थियो ।
साँझ ५ बजेदेखी सुरुहुने कक्षा ४५ दिन सम्म चल्ने छ । लोकसेवा कक्षा पढ्नको लागि पालिकाले गरेको सूचनामा जम्मा ३५ जनाले फर्म भरेका थिए । उद्घाटनको दिन २५ जना उपस्थित भएका थिए । लोकसेवा कक्षा लिन चाहानेहरुको लागि अझै समय रहेको गाउँपालिकाले जनाएको छ ।
लोकसेवा कक्षामा अधिकृत र उपसचिवहरुले सहजिकरण गर्ने भएका छन् ।
सोनाली मल्टिपर्पोज एण्ड ड्राइभिङ स्कुल प्रा.लि. बिराटनगरले यो योजना ३ लाख ९५ हजारमा टेन्डर मार्फत पारको थियो । पालिकाले यस अघि पनि लोकसेवा कक्षा संचालन गरेको थियो । गाउँपालिकाले लोकसेवा तयारी कक्षाको लागि आर्थिक वर्ष २०८२÷०८३ मा ५ लाख बजेट छुट्याएको थियो ।



