बिहिबार, बैशाख ३१, २०८३

मृत्युदर्ता गर्न जाँदा सचिव नभेटिएपछि वडा कार्यालय तोडफोड, छत्रबहादुर पक्राउ

३१ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–३ स्थित वडा कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीय छत्रबहादुर लिम्बूलाई पक्राउ गरेको छ ।

वडा नं. ३ घर भएका ४१ वर्षिय लिम्बूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । आफ्नो बुबाको मृत्युदर्ता गर्न वडा कार्यालय विहान ११ बजे पुग्दा वडासचिव नभएपछि उनले वडाको भ्यालको सिसा तोडफोड गरेका थिए । मृत्युदर्ता गर्न पटक–पटक वडामा आउँदा वडासचिव नभेटेपछि रिस थाम्न नसकेर वडाकार्यालय तोडफोड गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

वडा सचिव गुरुद्धवारसिंह भट्टराई परीक्षाको लागि ७ दिन काठ्माडौ जादा मृत्युदर्ताको लागि एकपटक आउनु भएको थियो, त्यसपछि मंगलबार मात्र आउनुभएको वडा अध्यक्ष गोपाल बहादुर कार्कीले बताए । छत्रबहादुर लिम्बू मृत्युदर्ताको लागि मंगलबार वडा कार्यालय आउँदा वडा सचिवसँग मुजुल्का गर्नको लागि गाउँ गएको वडा अध्यक्ष कार्कीले बताए ।

लिम्बूले मादक पदार्थ सेवन गरी वडा कार्यालय आई महिला कर्मचारीलाई तथानाम गाली गरेका थिए । गाली गर्दै ढुङ्गाले हानेर वडा अध्यक्षको कोठाको दुई वटा भ्यालको सिसा फुटाएको वडा सचिव भट्टराईले बताए ।

लिम्बूलाई अपराधी अभद्र अन्तरगत मुद्दा चलाएको प्रहरी चौकी रमाइलोका प्रहरी नायव निरिक्षक सदानन्द कुमार यादबले बताए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.