२ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी–६ स्थित बिहिबारे सडक खण्डमा तीन पाङ्ग्रे सवारी साधन(टेम्पो) र स्कुटर दुर्घटना एकआपसमा ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका छ्न ।
शनिबार साँझ ५ः३० बजे को १६ प ८५२८ नम्बरको स्कुटर र को २ ह २०५८ नम्बरको तीन पाङ्ग्रे सवारी साधन(टेम्पो) दुर्घटना भएको हो ।
दुघर्टनामा परी स्कुटर चालक वडा नं. ५ निवासी वर्ष १९ को प्रिन्स उराँउको दाँया खुट्टा भाचिएको प्रहरी चौकी रमाइलोका प्रहरी नायव निरिक्षक सदानन्द कुमार यादबले बताए । स्कुटरमा तीनजना सवार थिए । स्कुटर पछाडी बसेर सवार अन्य हिमाल सुवेदी र निशान बिष्टलाई सामान्य चोट लागेको छ । उपचारको लागि उनीहरु तीन जनालाई विराट मेडिकल अस्पतालमा लगिएको प्रहरीले बताए ।
दुघटनामा स्कुटर पूर्णरुपले क्षति भएको छ । वडा नं. ६, बिहिबारे बस्ने वर्ष ५८ का बमबहादुर श्रेष्ठलाई जनप्रतिनिधिको रोहवरमा छाडिएको छ । टेम्पो चालक भने सामान्य रहेको प्रहरीले बताए ।



