भारतबाट रंगेली हुँदै कानेपोखरी भित्रिन्छ ब्राउन सुगरः प्रहरीद्वारा कारोबारीको ‘नेटवर्क’ फेला
३१ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी–६ स्थित रमाइलो प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सदानन्द कुमार यादब लागूऔषध नियन्त्रणमा सक्रिय देखिएका छन् ।
१५ दिन अघि इलाका प्रहरी कार्यालय रंगेलीबाट सरुवा भएर आएका यादबले पछिल्लो समयमा लागूऔषध बिक्री वितरण साथै प्रयोगकर्तालाई लगातार पक्राउ गरिरहेको छ ।
ठुलो परिणाममा पक्राउ परेकाहरु बिक्री गर्ने डिलर संचालकहरुलाई आगूऔषध सम्बन्धि मुद्दादर्ता गराएका छन् । ब्राउन सुगर प्लाष्टिकमा पोका पारेर गोजीमा राखेर ग्राहक सम्म पुगेर बिक्री गर्ने गरेका छन् । गोजीमा राखेर बिक्री गर्नेहरु १७ वर्षदेखी माथीका रहेका छन् । बिक्री गर्ने डिलर संचालकहरु उमेरको हिसाबले ३० वर्ष देखी माथी रहेको प्रहरीको तथ्याङ्ले देखाउछ ।
वडा नं. ६ रमाइलो चोक स्थित एनआईसि एसिया बैंक पछाडी घर भएका वर्ष ३५ का टिड्कु भनिने बिष्णु शेर्पालाई राती ८ः१५ बजे पक्राउ गरेको थियो । प्रहरी चौकी रमाइलोका सई सदानन्द कुमार यादबको नेतृत्वको टोलीले १.७१ ग्राम लागूऔषध(ब्राउन सुगर) सहित पक्राउ गरेको हो । शेर्पाले ब्राउन सुगर बिक्री गर्नका लागि घरमै प्याकिङ गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसबेला प्रहरीले पोका पारिएको ३० पोका ब्राउन सुगर बरामद गरेका थिए । पक्राउ पर्न अघि दक्षिण बेल्डका दुईजना ग्राहकलाई पोका पारिएका ब्राउन सुगर बेचिएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । प्लाष्टिकमा पोका पारिएका एक थानलाई रु ५ सयमा बिक्री गर्ने गरेको छ । त्यो एक पोका एकचोटीको लागि हुने(एक खिलि चुरोट खाएजस्तो) बताईएको छ ।
यस अघि शेर्पा इलाका प्रहरी कार्यालय रंगेलीमा पनि लागूऔषध कारोबार सम्बन्धि मुद्दा दर्ता भएर फरार सूचीमा रहेका हुन । शेर्पालाई लागूऔषध कारोबारमा पक्राउ परेका व्यक्तिहरुले नाम दिएपछि जिल्ला अदालतले वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले लागूऔषध कारोबार सम्बन्धि मुद्दा दर्ता गरिसकेका छन् ।
वैशाख २८ गते सोमबार अपरान्ह ५ः१५ बजे वडा नं. ५ स्थित धिमाल ठुलो गाउँ ( कालिकोशी) बस्ने वर्ष २८ को अर्जुन माझीलाई पक्राउ गरिएको थियो । उनलाई श्री भौसाबारी माविको पछाडी कालिकोशी खोलाको पुलमा पक्राउ परेको हो । प्रहरीले उनको साथबाट पोका पारिएको ९ थान लागूऔषध ब्राउन सुगर फेला पारेको थियो ।

सोही दिन राती ९ः१५बजेको समयमा वडा नं.–४ माझी टोल बस्ने वर्ष १७ को मनिष माझी र वर्ष २१ को अकेश माझीलाई घरबाटै पक्राउ गरेको थियो । उनीहरु घरमै सेवन गर्दागर्दै अवस्थामा तीन पोका २५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो । परिणाम कम भएपछि अर्जुन, मनिष र अकेश माझीलाई केराबारीको सुधार केन्द्रमा लगिएको प्रहरी चौकी रमाइलोका सई यादबले बताए ।
लागूऔषध(ब्राउन सुगर) बिक्रीवितरणको लागि दक्षिण भारतको सिमाना हुँदै रंगेलीबजारबाट भित्रीने गरेको सई यादबले बताएका छन् ।
यस अघि प्रहरी चौकी रमाइलेले ५ सय ग्राम भन्दा बढी लागूऔषध(ब्राउन सुगर) सहित ५ जनालाई पक्राउ गरेको थियो । वडा नं. ६, स्थित बिहिबारे चोककी २३ वर्षिय सुस्मिता लिम्बु, सुस्मिताकी श्रीमान निश्चल भनिने लोकेश घले, वडा नं. ६, शिवशक्ति चोकका २० वर्षिय प्रज्वल राई, वडा नं.६, बरपिपल चोकका १७ वर्षिय राज बिश्वकर्मा र १७ वर्षि अन्जान जिमीलाई छुट्टा–छुटै समयमा पक्राउ गरेको थियो । उनीहरुको साथबाट मोबाइल र पैसा पनि बरामद गरिएको थियो । पक्राउ परेका सबैजना बिक्रीवितरण गर्ने रहेको खुलेको छ ।



