
३ जेठ, कानेपोखरी । मोरङको कानेपोखरी–६ स्थित पर्ल एकेडेमी इङ्लिस स्कुलका छात्रा दिपक श्रेष्ठ एसईई परीक्षामा कानेपोखरी गाउँपालिकाकै उत्कृष्ट भएका छन् ।
शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा छात्रा श्रेष्ठले ३.९० जिपिए ल्याउर्दै गाउँपालिकाकै उत्कृष्ट भएको हो । यस्तै, माउन्ट हर्मनका कृष्ण अधिकारीले ३.८६ जिपिए र पिनाकल ज्ञान मन्दिरका सक्षम राज थापाले ३.८३ जिपिए ल्याएका छन् ।
त्यस्तै सामुदायिक तर्फ सिंहदेवी माविका दीनिसा राई ३.८० जिपिए, जनसेवाको सविता मग्रातीेले ३.७४ जिपिए र शिक्षा सदनमाविका नमूना दाहालले ३.६९ जिपिए ल्याएका छन् ।
पिनाकल ज्ञान मन्दिर र माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीबाट परीक्षामा सहभागी सबै विद्यार्थीहरू उत्र्तीण भई सतप्रतिशत नतिजा ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ जनसेवा माध्यमिक विद्यालयले ८५.०५% नतिजा ल्याएर अगाडि रहेको छ ।
यस्तै, रमाइलो बालजगत इङ्लिस बोर्डिङ स्कुलले ९२.५९ प्रतिशत, पर्ल एकेडेमीले ८८.८९ प्रतिशत र मकालु मोरङले ८७.५० प्रतिशत नतिजा हासिल गरेका छन् । त्यस्तै शिक्षा सदन माविले ७४.०७ प्रतिशत, सिंहदेवी माविले ५९.०२ प्रतिशत नतिजा ल्याएका छन् । केही सामुदायिक विद्यालयहरूको नतिजा भने ३४ देखि ३८ प्रतिशतको बीचमा खुम्चिएको देखिन्छ ।
निजी विद्यालय ६ वटा र सामुदायिक ८ वटा गरी जम्मा १४ विद्यालयका ५६९ जना विद्यार्थी एसईई परीक्षामा सहभागि थिए । जस्मा ३७९ जना मात्र सफल भएका थिए भने १९० जना विद्यार्थी असफल भएका थिए । गाउँपालिका क्षेत्रमा ६६ प्रतिशत मात्र विद्यार्थी पास भएको देखिन्छ ।




