वडा नं. २ द्धारा गरिव तथा विपन्न परिवारलाई शौचालय निर्माण र टयुबवेल जडान

असार ९ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. २ ले गरिव तथा विपन्न परिवारको पहिचान गरी उनिहरुको शौचालय निर्माण र ट्युबवेल जडान गरिदिएका छन् ।

वडाका ११ गरिव तथा विपन्न परिवारलाई शौचालय निर्माण र २८ घरपरिवारलाई खानेपानी ट्युबवेल जडान गरिदिएको हो । आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाबाट विनियोजित बजेटबाट शौचालय र खानेपानी ट्युबवेल निर्माण गरिदिएको वडा अध्यक्ष सुशिल बुढाथोकीले बताए ।

भखरै सम्पन्न गरेर हस्तान्तरण गरेका अर्धपक्की शौचालय निर्माणको लागि प्रति शौचालय २७ हजारको बजेट छुट्याएको थियो । ७ फिट उच्चाई, फलामे पाइपको चौकट, जस्तापाताको बार, जस्तापाताको ढोका र दुई स्थानमा रिङ्को हज भएको शौचालय निर्माण गरिएको हो । यस अघि ती व्यक्तिहरुको शौचालय व्यवस्थित थिएन ।

वडा कार्यालयले गरिव तथा विपन्न परिवार पहिचान गरी वडाका २८ घरपरिवारलाई खानेपानी ट्युबवेल जडान गरिदिएको छ । यस अघि वडा नं. २ ले आर्थिक बर्ष २०७८÷०७९ कै नीति तथा कार्यक्रम अनुसार वडाका गरिव तथा विपन्न वर्गका २० घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको थियो ।

 

 

सम्बन्धित खवर