बुधबार, चैत्र ११, २०८२

एमालेको क्षेत्र नं. ३ मा वडा स्तरीय भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न

 

७ चैत्र, मोरङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभासदस्य निर्वाचनमा पराजय भएका नेकपा एमाले उम्मेद्वार ईरान कुमार राईले वडागत मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

एमाले मोरङ क्षेत्र नं. ३ निर्वाचलन परिचालन कमिटीको अध्यक्ष भोला प्रसाद अधिकारीको अध्यक्षतामा बैठक बसी निर्वाचन क्षेत्रको २६ वटै वडामा गएर संगठित सदस्य तथा मतदाता भेटघाट कार्यक्रमको तय गरिएको थियो । क्षेत्र नं. ३ अन्तरगत सुन्दरहरैचा, बेलबारी, पथरी नगरपालिका र कानेपोखरी गाउँपालिका गरी ४ वटा पालिका पर्दछ ।

भेटघाट कार्यक्रममा उम्मेदवार राईले निर्वाचनमा साथ दिने मतदाता र पार्टीका कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पार्टी संगठनलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताए । उनले चुनावमा प्रस्तुत गरिएका योजना र प्रतिबद्धताहरू जनताको हितमा रहेकाले ती योजनाहरू कार्यान्वयनतर्फ सिङ्गो पार्टी लाग्नुपर्ने धारणा व्यक्त गरे ।

राईले निर्वाचनपछि उम्मेदवारहरू जनता र कार्यकर्तामाझ नपुग्ने गरेको गुनासोप्रति आफू सचेत रहेको उल्लेख गर्दै आफू प्रत्यक्ष रूपमा कार्यकर्ताहरूबिच पुगेको र आगामी दिनमा पनि जनताको तहमा निरन्तर पुग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी अधिकांश कार्यकर्ताहरूले निर्वाचनमा अपेक्षित मत नआउनुका कारणहरूको समीक्षा गर्दै संगठन सुधार, जनसम्पर्क विस्तार र आगामी रणनीतिका लागि विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए ।अधिकांश सुझाव यस पटक पार्टी परिवर्तन नभई मत मात्र परिवर्तन भएको जानकारी गराएका थिए । आगामी दिनमा गल्तीहरु स्वीकार गर्दै पार्टीलाई अघि बढाउन

फागुन २८ र २९ गते पथरी शनिश्चरे नगरपालिकाको १, २, ३, ४, ७, ८, ९ र १० वडामा वडा स्तरीय भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै फागुन ३० गते र चैत्र १ र २ गते बेलबारी नगरपालिकाको १, २, ३, ४, ८, ९, १० र ११ वडामा वडा स्तरीय भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको थियो ।

त्यस्तै चैत्र ४ गते कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा वडा स्तरीय भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै चैत्र ५ र ६ गते सुन्दरहरैचा नगरपालिकाको १, ८, ९, १०, ११ र १२ वडामा वडा स्तरीय भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको थियो ।

वडा स्तरीय भेटघाट तथा धन्यवाद कार्यक्रममा उम्मेद्वार इरान कुमार राई सहित एमाले मोरङ क्षेत्र नं.३ निर्वाचलन परिचालन कमिटीका अध्यक्ष भोला प्रसाद अधिकारीको नेतृत्वमा पूर्व केन्द्रीय सदस्य युवाराज बाँस्कोटा, एमाले प्रदेश सदस्य ताराबहादुर काफ्ले, दिलिपराई, प्रकाश राई र कृष्ण गुरुङ लगाएत जिल्ला कमिटी सदस्यहरु उपस्थित भएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.