पथरीशनिश्चरे नगरमा जनप्रतिनिधि र कर्मचारीमाझ अनुशिक्षण

साउन २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिका सदस्य तथा वडासचिव सहितका कर्मचारीका लागि स्थानीय तह क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार सम्बन्धी २ दिने अन्तरक्रिया तथा अनुशिक्षण कार्यक्रम सुरु भएको छ ।

नगरको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्तीले काम कारबाहीका क्रममा भएका गतिविधि सम्बन्धी अनुभव प्रस्तुत गरेका थिए ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव उमेश वस्नेतले संघीय प्रणाली र
स्थानीय सरकार, स्वायत्तताका आयाम, स्थानीय तहको वित्तिय श्रोत व्यवस्थापन, राजस्व बाँढफाँड, स्थानीय तहको वार्षिक योजना, वडागत बजेट सीमा निर्धारणका आधार र भार सहितका विषयमा सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर