बुधबार, चैत्र ११, २०८२

केचना प्याराडाईजको १९ औं वार्षिक उत्सव सम्पन्न

४ चैत्र, पथरी । मोरङको पथरी शनिश्चरे–६ स्थित केचनामा स्थापित केचना प्याराडाईज इङ्लिस स्कुलको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयका अध्यक्ष तथा निर्देशक सर्बलाल राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुनवर्सी नगरपालिका–१ का वडा अध्यक्ष विरेन राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रम सञ्चालन विद्यालयलकी प्रिन्सिपल सारदा समालले गरेकी थिइन् । अन्य अतिथिहरुमा स्थानीय समाजसेवी तथा वृद्धिजिवि हेमेश्वर राई, मनिस राई, विक्रम लिम्बु, विशाल राई , सुर्य खनाल लगाएत अतिथि रहेका थिए ।

कार्यक्रममा नर्सरीदेखि कक्षा ६ सम्मका छात्राछात्रले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा एकल र सामूहिक सांस्कृतिक नृत्यले उपस्थित अभिभावकहरुलाई मनोरञ्जन दिलाएको थियो । त्यस्तै विद्यार्थीहरुको परेड र ड्रिलको प्रतिभाले अभिभावकको मन खिचेको थियो । कार्यक्रममा शिक्षिकाहरुको नृत्य पनि प्रस्तुत गरिएको थियो ।

एकान्त, शान्त वातावरणमा विद्यार्थीहरुलाई अध्यापन गर्दै आएको विद्यालयले अतिरिक्क्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागि गराउँर्दै आएको छ । अहिले कक्षा प्लेग्रुपदेखि कक्षा ६ सम्म कक्षाहरु सञ्चालन भईरहेको छ । आगामी शैक्षि सत्रमा कक्षा ७ पठाईहुने विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.