राष्ट्रपति भण्डारी दाङमा

फागुन ३ गते, दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुग्नुभएको छ । काठमाडौँबाट हेलिकप्टरमार्फत उहाँ ११ः३० बजे दाङ आइपुग्नुभएको हो ।

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछाने राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

सम्बन्धित खवर