१४ चैत्र, मोरङ । कानेपोखरी गाउँपालिका क्षेत्रबाट अवैध लागुऔषध(ब्राउन सुगर) सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कानेपोखरी–६ का वर्ष ३५ को भिजन राई, वर्ष २१ का दिपलुङ राई र वर्ष २४ का झल कुमार नेम्बाङ रहेका छन् । उनीहरलाई आज शनिबार दिउँसो १ बजे उनीहरुको घरबाटै पक्राउ गरिएको हो । प्रहरी चौकी रमाइलोका सई निलमणी पोख्रेलको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुबाट लागुऔषध(ब्राउन सुगर) सहित उनीहरुले प्रयोग गर्दै आएको मे ११ प २२०४ नम्बरको मोटरसाईलक र बा ९३ प ३५५१ नम्बरको स्कुटर पनी बरामद गरेका छन् । उनीहरुको साथबाट साढें ३ सय ग्राम लागुऔषध(ब्राउन सुगर) बरामद गरिएको सई पोख्रेल बताउछन् ।
उनिहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पथरीमा पठाईएको प्रहरीले बताएका छन् ।



