बुधबार, चैत्र १८, २०८२

स्कुटर चोरी प्रकरणः प्रहरीको सक्रियतामा कानेपोखरीका वि.क.पक्राउ

१४ चैत्र, मोरङ । स्कुटर हराएको १४ दिनपछि बेलबारीबाट स्कुटर सहित चोरीमा सम्लग्न एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कानेपोखरी–६ बिहिबारे बस्ने वर्ष १९ को केशव वि.क(गजमेर) लाई बेलबारी–३ बाट स्कुटर सहित शुक्रबार दिउँसो २ बजे पक्राउ गरेको हो । वि.कले चैत्र १ गते राती २ बजे कानेपोखरी–६ नर्सरी टोलका जयबहादुर राईको घरबाट को २५ प २५६६ स्कुुटर चोरी गरेको थियो । राईले स्कुटर जहिले घरको बरण्डामा राख्ने गरेका थिए ।स्कुटर हराएको निवेदन परेदेखि प्रहरी चौकी रमाइलोले खोजी कार्य तिब्र पारेको थियो । प्रहरीले मोबाइल लोकेशनको आधारमा वि.क.लाई पछ्याईरहेको थियो । खोजिकार्यको बेला वि.क.लाई मोबाइल लोकेशनमा कहिले कोशी ब्यारेक, कहिले इटहरी, धरान गएको देखाउने गरेको प्रहरी चौकी रमाइलोका सई निलमणी पोख्रेलले बताए ।

पछिल्लो समयमा बेलबारीमै देखाएपछि उनलाई उनकै साथीको माध्यमबाट इलाका प्रहरी कार्यालय बेलबारीको सहयोगमा बेलबारी ३ को खेतबारीबाट पक्राउ गरेको हो । वि.क.ले स्कुटर एकठाउँमा र चाबी बाँसघारीमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
बिहिबारे घरभएका केशव वि.क(गजमेर) पटक–पटक चोरीमा संलग्न व्यक्ति रहेको प्रहरीको तथ्याङ्मा रहेको छ । पक्राउ परेका वि.क.लाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.